बुधबार , बैसाख ८, २०७८

अक्षय र कट्रिना रहेको सूर्यवंशीको अन्ततः प्रदर्शन मिति तय

अक्षय र कट्रिना रहेको सूर्यवंशीको अन्ततः प्रदर्शन मिति तय

१ चैत, मुम्बई । अक्षयकुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको फिल्म ‘‘सूर्यवंशी’ले अन्ततः प्रदर्शन मिति तय गरेको छ । याे फिल्मले अप्रिल ३० मा प्रदर्शन हुने घोषणा गरेको हो ।

गत साल यो फिल्म यही मितिको सेरोफेरोमा रिलिज हुने तयारीमा थियो । गत सालको मार्च २४ मा रिलिज हुने गरी फिल्मको ट्रेलर पनि सार्वजनिक भएको थियो, तर महामारीका कारण भारतको सरकारले हल बन्द गरे पछि यो फिल्मको रिलिज रोकिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

केही दिन अघिसम्म पनि यो फिल्म अप्रिल २ मा रिलिज हुने चर्चा थियो । तर, मार्चको मध्यसम्म पनि कुनै चहलपहल नदेखिएपछि यो फिल्म त्यो मितिमा रिलिज नहुने कन्फर्म भएको थियो । तर, रोहित सेठ्ठीको जन्मदिन पारेर फिल्मले प्रदर्शन मिति घोषणा गरेको हो ।

रोहित सेठ्ठीको निर्देशन रहेको फिल्ममा अजय देवगन र रनवीर सिंह पनि अतिथी भूमिकामा देखिन्छन् । यही मितिमा संजयलीला भन्सालीले पनि आफूले निर्देशन रहेको फिल्म ‘गंगुबाई कठैयाबाडी’ रिलिज गर्ने घोषणा गरेका छन् ।

‘सूर्यवंशी’ भारतमा मात्र होइन, नेपालमा पनि प्रतीक्षा गरिएको फिल्म हो । यो फिल्मले दर्शक हल बोलाउने र यसैको आडमा नेपाली फिल्म चलाउने नेपाली निर्माता र हलवालाको मनसुबा अनौपचारिक कुराकानीमा प्रकट हुने गरेको थियो ।

यही फिल्मको आसमा चैत २७ मा घोषणा भएका फिल्मले रिलिज गर्ने हिम्मत गरेको पनि टिप्पणी हुने गरेको थियो । तर, त्यसको १५ दिन पछाडि मात्र ‘सूर्यवंशी’ रिलिज हुने भएपछि यी फिल्मले कति दर्शक हल तान्लान् उत्सुकताको विषय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विराटनगर भन्सार कार्यालयमा हालसम्म लक्ष्यको ६५ प्रतिशत राजस्व संकलन विराटनगर भन्सार कार्यालयमा हालसम्म लक्ष्यको ६५ प्रतिशत राजस्व संकलन १८ घण्टा पहिले
महिला लघुवित्तको शेयरमूल्य १ सय १६ रुपैयाँले बढ्यो, प्रतिकित्ता मूल्य कति ? महिला लघुवित्तको शेयरमूल्य १ सय १६ रुपैयाँले बढ्यो, प्रतिकित्ता मूल्य कति ? १२ घण्टा पहिले
कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ जना घाइते कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ जना घाइते १० घण्टा पहिले
बिरामीमा कोरोना भएपछि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द बिरामीमा कोरोना भएपछि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द १६ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकको मुनाफा ४८.७५ प्रतिशतले बढ्यो, ब्याज आम्दानी कति ? मुक्तिनाथ विकास बैंकको मुनाफा ४८.७५ प्रतिशतले बढ्यो, ब्याज आम्दानी कति ? १५ घण्टा पहिले
कुमाल गाउँका किसानलाई मकै छर्न चटारो कुमाल गाउँका किसानलाई मकै छर्न चटारो १५ घण्टा पहिले
चैते दशैंका दिन मन्दिरमा दर्शनार्थीको भीड चैते दशैंका दिन मन्दिरमा दर्शनार्थीको भीड १५ घण्टा पहिले
चैतेदशैँकाे अवसरमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना चैतेदशैँकाे अवसरमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना १६ घण्टा पहिले