मर्दी हिमाल पदयात्रा आजदेखि शुरु
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १९:२६:४८
१ चैत,पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन(टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ ।
पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो ।
पोखराको डिहीको पाटनमा पदयात्रा शुभारम्भ कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, आन्तरिक पर्यटन पुनरुत्थान समिति पोखराका संयोजक अग्नि कँडेल, टेसा पोखराका अध्यक्ष नारायण सापकोटा, नेपाल पर्यटन बोर्ड पोखराका अधिकृत जयशक्ति सराफ, टेसा पोखराका सचिव टीकाबहादुर लम्साललगायतले कार्यक्रमले पदयात्रा पर्यटनको प्रवद्र्धनका साथै पदयात्रा सामग्रीको चिनारी सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा राखे ।
कोरोनाका कारण लामो समयदेखि तहसनहस पदयात्रा पर्यटनलाई पुरानै लयमा फर्काउनाका साथै पदयात्रामा प्रयोग गरिने सामग्रीको प्रयोगात्मक जानकारीसमेत गराउने लक्ष्यका साथ अवलोकन भ्रमण गराउन लागिएको कार्यक्रम संयोजक एवं टेसा पोखराका निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिए ।
उनका अनुसार चार दिने पदयात्राका क्रममा सहभागीले कास्कीको काँडेदेखि अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यु प्वाइन्टसम्म पदयात्रा गर्दै फर्कने छन् । हिउँले ढाकिएका हिमाल, वरपर देखिने हरिया वनजङ्गल, डाँडाकाँडा र बस्तीको एकसाथ दृश्यावलोकन मर्दी पदयात्राको विशिष्टता भएको उनले बताए ।
पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागत रूपमै टेसा क्रियाशील छ । पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको टेसामा हाल विभिन्न ७५ व्यवसायी आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार