
१ चैत, सिराहा । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर प्रेसरकुकर बम विस्फाट भएको हो ।बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन। घटनाबारे विस्तृत जानकारी लिन प्रहरी उपरीक्षक सुदीप घिमिरे नेतृत्वको टोली घटनास्थल पुग्दैछ।
प्रतिक्रिया