अलमलमा परेको जसपा
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार २०:१०:४७
१ चैत, काठमाडौं । सत्ता राजनीतिको केन्द्रमा देखिएको जनता समाजवादी पार्टी कसको साथ लागेर जाने भन्ने द्विविधामा परेको छ ।प्रकारान्तरले जसपा सत्ताको चावी त बन्यो, तर उसले उठाएका माग र मुद्धा भने फेरि पनि अलपत्र नै छाड्नुपर्ने बाध्यता छ । किनभने रेशम चौधरीको रिहाई र संविधान संशोधन दुबै विषय सोचेजस्तो सहज छैनन् । जहाँसम्म लाल आयोगको प्रतिवेदन छ, त्यो सार्वजनिक गरेर जसपालाई खासै प्राप्ति हुने अवस्था छैन । यसमा केवल नश्लीय विभेद र जातीय मुद्धालाई उठान गर्ने मसला मात्र छन् ।
त्यसैले हातमा चावी हुँदा हुँदैपनि सत्ता नखाउँ दिनभरिको शिकार खाउँ कान्छा बाउको अनुहार हुने भएको छ । यही रनभुल्लले गर्दा कहिले केपी ओलीसँग नजिएको प्रतीत हुन्छ भने कहिले कांग्रेस माओवादीतिर ढल्केको अनुभूति हुने गरेको छ । फागुन २३ मा सर्वाेच्च अदालतले गरेको फैसलापछि ब्यूँतिएको एमाले र माओवादी केन्द्र अहिले विपरित ध्रुवमा विभक्त छन् ।
जसपा भने यी दुई शक्तिको चेपुवामा छ । कहिले एमालेसँग त कहिले कांग्रेस माओवादीसँग घनीभूत छलफल गर्न विवश छ । वार्ताको दौरान जसपा नेताहरुले प्रष्ट बुझेका छन् कि रेशम चौधरी काण्ड सल्टाउन सोजे जस्तो छैन । रेशमलाई कैदमुक्त गर्न सरकारले मात्रै चाहेर हुने अवस्था रहेन । जिल्ला र उच्च अदालतबाट दोषी ठहर भइसकेका रेशमलाई त्यतिकै छुटाउन नसकिने अवस्थाबारे पार्टी निकट कानून व्यवसायीहरुले नै बताइसकेका छन् । कैदमुक्त गर्न सर्वाेच्च अदालतकाे पुनरावलोकन हुनुपर्छ । दुई तहले दोषी ठहर गरेको व्यक्तिलाई मुक्त गर्न अदालतकै आदेश आवश्यक पर्छ । सरकारसँग गरेको सहमतिले अदालत प्रभावित हुने कुरा भएन ।
कदाचित कैद मिनाहा वा छुट दिने अवस्था आयो भने पनि रेशम सांसदकाे हैसियतका रहन पाउने छैनन् । यस्ता जटिलताले गर्दा यो मुुद्धाको कुनै अर्थ नहुने यथार्थ जसपा नेताहरुले राम्ररी बुझेका छन् । अब जहाँसम्म झुठ्ठा मुद्धामा फसाइएका कार्यकर्ताको रिहाईको विषय छ, त्यो कुनै समस्या भएन । जोसँग सहकार्य वा सत्ता साझेदारी गरेपनि फरक परेर । संविधान संशोधनको मुद्धा पनि यतिबेला आएर सजिलै पास नहुने अवस्था निर्माण भएको छ ।
किनभने नेकपा विभाजित थिएन भने ओलीसँग गरेको सम्झौता काम लाग्थ्यो होला । तर अहिले ओलीसँग एमालेको शक्ति मात्र छ । माओवादी अलग भएपछि ओलीको मात्रै साथ र समर्थनमा संविधान संशोधन संभव छैन । किनभने संविधान संशोधनका लागि दुई तिहाई मत आवश्यक पर्छ । त्यो भनेको एमाले र कांग्रेवा वा माओवादीको पनि साथ । एमालेसँग सत्ता समीकरण गरियो भने पनि त्यो संख्या पुग्दैन, कांग्रेस माओवादीसँगले पनि काम लाग्दैन । त्यसैले अब जसपाको कुनैपनि माग र मुद्धा सोचेजसरी पूरा हुने अवस्था देखिंदैन ।
जसपा भित्र अर्काे ठूलो समस्याका रुपमा रहेको छ– दुई लाइन धार । गएको बैशाखमा ओलीले तत्कालिन समाजवादी पार्टी विभाजन गर्ने हेतुले ल्याएको अध्यादेशले जसपा विभाजन गर्न खोजियो । त्यसबेला मधेश केन्द्रित दुई दल मिलेर ओलीको प्रयास निस्तेज बनाए । पार्टी एकीकरण त भयो ,तर मन भने अझै दुई नै छ । तत्कालिन जनता दल अर्थात महन्थ ठाकुर र राजेन्द्र महतोको मन ओलीप्रति नै ढल्केको छ भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको चाहना ओलीको विस्थापन रहेको छ । यही दुई लाइनले गर्दा जसपा अहिले पनि अनिर्णित छ ।
समस्याको जरो फेरि पनि ओली नै बनेका छन् । ओलीले मरेपछि डुमै राजा भने जसरी आफू पदमा नरहे कांग्रेस माओवादीलाई पनि नदिने रणनीति बनाएका छन् । भित्रैबाट नभएपनि बाध्यतावश ओलीले महन्थ ठाकुरलाई आगामी प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेका छन् । ठाकुर पनि त्यही ललीपपमा भुलेका छन् । ओलीले बनाएको प्रधानमन्त्रीको जग कति बलियो होला ? त्यसको लेखाजोखा गर्न अफ्ठेरो अवस्था छ । किनभने ओलीले पार्टी भित्रैपनि निरंकुशता चलाइरहेका छन् । उनको समर्थन कति बेला कहाँ भत्कने हो, टुंगो छैन । माधव नेपाल र झलनाथ खनालले कतिबेला कस्तो भूमिका निर्वाह गर्ने हुन् भनेर अहिल्यै लख काट्न सक्ने परिस्थिति पनि छैन ।
त्यही कारणले डा.बाबुराम र उपेन्द्र यादवहरुको तर्कले काम गरेको जस्तो देखिन्छ । कांग्रेस र माओवादीको समर्थनमा सरकार बनाउँदा प्रतिगमन सच्चिएको सन्देश जाने मात्र हैन स्थिर र पाको सरकार बन्ने अवस्था बन्न सक्छ । त्यही रस्साकस्सीमा परेको जसपाले ठोस निर्णय लिन सकिरहेको छैन ।
नेपाली कांग्रेस र माओवादीसँगको एकताले पार्टी एकता र मधेशी जनताको पक्षमा केही देखावटी काम र निर्णय गर्न सकिने अनुमान नेताहरुको रहेको छ । सम्भवतः यसै साता सबै पक्ष प्रष्ट हुने र सत्ताको लागि साझेदार खोज्ने काम सम्पन्न हुनेछ । साथै, कस्तो समीकरणको परिस्थिति बन्छ त्यसै अनुसारको संसदीय दलको नेतृत्व समेत आउने अवस्था छ । संसदीय दलमा ठाकुर, महतो, डा. भट्टराई र यादव आकाँक्षी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार