वालिङमा ‘विपद् पोर्टल’ सञ्चालन
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १९:५७:४२
१ चैत,वालिङ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ । विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद् व्यवस्थापनसम्बन्धी तथ्याङ्कलाई एकरूपता प्रदान गर्ने र पोर्टलको उपयोगिता बढाउन सहयोग पु¥याउने उद्देश्यले ‘विपद् पोर्टल’ निर्माण गरी सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनीयर प्रकाश अर्यालले बताए ।
युथ इनोभेसन ल्याब प्रालि काठमाडौँको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सम्भावित जोखिमयुक्त स्थानमा रहेका वालिङका नागरिकको विपद्कै कारण जनधनको क्षति हुन नपाओस् भन्नका लागि एकै ठाउँबाट विपद् पूर्वको अवस्थाका बारेमा जानकारी दिइने उनले बताए । “यस पोर्टललाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी ‘अर्ली वार्निङ सिस्टम’ मार्फत नागरिकलाई थप सुसूचित गराई जनधनको क्षति हुनबाट जोगाउने तयारी छ”, उनले भने ।
‘विपद् पोर्टल’ एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली हो । यो पोर्टल नेपाल सरकारको गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताए ।
“विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा पूर्वतयारी तथा जोखिम न्यूनीकरण कार्य गर्नलाई सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने र सङ्कलित तथ्याङ्कको प्रयोगका लागि ‘विपद पोर्टल’ले विशेष महत्व दिएको छ”, ल्याबका निर्देशक खतिवडाले भने, “विपद्का सूचना तथा तथ्याङ्क एकै ठाउँबाट सबैले जानकारी पाउन सक्ने, हरेक घटनाको व्यवस्थापन र राहत वितरण कार्यसमेत नदोहोरिने गरी प्रभावकारी तरिकाले कार्य गर्नका लागि पोर्टल सञ्चालन गरिएको हो ।”
‘विपद् पोर्टल’ मा विपद्सम्बन्धी विभिन्न विधाका सूचना तथा तथ्याङ्क एकीकृत गरी व्यवस्थापन गरिन्छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यका लागि सूचना तथा तथ्याङ्कको आवश्यकतानुसार प्रयोग गर्न सकिने छ । स्थानीय तहमा रहेका स्रोत र साधन, घटनाको विवरण, क्षतिको विवरण आदिको जानकारी दिन र लिन सकिने गरी सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थापन गरिएको ल्याबका निर्देशक खतिवडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार