शुक्रबार , बैसाख ३, २०७८

मर्मत नहुँदा जीर्ण बन्दै विग्ही नहर

मर्मत नहुँदा जीर्ण बन्दै विग्ही नहर

१ चैत,जलेश्वर । महोत्तरी जिल्लाको विग्ही सिँचाइ आयोजनाअन्तर्गत विग्ही नहर आवश्यक मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । लोहारपट्टी नगरपालिकाको महदैया तपनपुरस्थित सो नहरबाट हजारौँ बिघा जग्गाका सिँचाइ हुने गर्दछ ।

नहर विभिन्न ठाउँमा भत्काउँदा जीर्ण बनेको हो । नहरले जिल्लाको १०० हेक्टरमा सिँचाइको क्षमता राख्ने बताइएको छ । नहरको मर्मतसम्भार नहुँदा एक दशकदेखि कूल क्षेत्रमध्ये आधा भागमा मात्र सिँचाइ हुने गरेको महदैयाका किसान रामकृष्ण यादवले जानकारी दिए । बाढीबाट विभिन्न ठाउँमा वर्षेनी नहर भत्किनेक्रम जारी रहेको तपनपुर गाउँका किसान हेमशङ्कर यादवले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नहर मर्मतका लागि अहिलेसम्म रु ५० लाख खर्च भएको सिँचाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख विनय कर्णले जानकारी दिए । जिल्लाको ५०० हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सो आयोजना सञ्चालनमा आए पनि अहिले २५० हेक्टरमा मात्र सिँचाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय