शुक्रबार , बैसाख १०, २०७८

सिराहा बम विस्फोटमा भेटियो गोइत समूहको पर्चा !

सिराहा बम विस्फोटमा भेटियो गोइत समूहको पर्चा !

१ चैत, काठमाडौं । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको  छ । आइतबार दिउँसो बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ७ जना पुगेको प्रहरीले जनाएकाे छ ।

बम विष्फोट भएको स्थानमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्। घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएकाे हाे ।

घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको भएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय