
०१ चैत, काठमाडौं । भारत र इंग्ल्याण्ड बीचको टी–२० सिरिजको दोस्रो खेल आज हुदैछ ।
यी दुई टिमबीचको दोस्रो टी–२० पनि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा लज्जास्पद हार ब्यहोरेको भारत दोस्रो खेलमा ‘कमब्याक’ गर्न चाहन्छ । पहिलो खेलमा भारत ८ विकेटले पराजित भएको थियो ।
पहिलो खेलमा खराब प्रदर्शन गरेको भारतले दोस्रो म्याचमा प्लेइङ–११ मा केही परिवर्तन गर्ने सम्भावना छ ।
भारतले दोस्रो टी९२० मा रोहित शर्मालाई खेलाउने सम्भावना छ । पहिलो खेलमा विश्राम पाएका उनी शिखर धवनको स्थानमा दोस्रो म्याच खेल्ने पक्का जस्तै छ । जसकारण भारत आक्रामक तवरुले उत्रने पक्का छ । आजको खेलमा रोहित शर्मा, हार्दिक पाण्ड्या र केएल राहुलले अर्धसतक पुरा गर्न सक्छन् ।
साथै, भारतले बलिङमा पनि परिवर्तन गर्ने सम्भावना छ । उसले दोस्रो खेलमा वासिङ्टन सुन्दर, अक्षर पटेल, शार्दुल ठाकुरमध्ये एकलाई विश्राम दिएर दीपक चाहर र टी नटराजनमध्ये एक खेलाडीलाई प्लेइङ–११ मा समावेश गर्ने छ ।
इंग्ल्याण्डले भने पहिलो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिने सम्भावना छ । पहिलो खेलमा इंग्ल्याण्ड टिमका ब्याट्सम्यान र बलरले उत्कृष्ट योगदान दिएका थिए ।
पहिलो खेलको जितसँगै पाँच खेलको सिरिजमा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ ।
इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, जोनी बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, आदिल राशिद र मार्क वुड ।
भारतको सम्भावित प्लेइङ-११ रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल र टी नटराजन, वाशिङ्टन सुन्दर, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र दीपक चाहर र शार्दुल ठाकुर ।
प्रतिक्रिया