बुधबार , बैसाख ८, २०७८

सौडियारमा नमुना युवा संसद अभ्यासका लागि प्रतिनिधि छनौट

सौडियारमा नमुना युवा संसद अभ्यासका लागि प्रतिनिधि छनौट

१ चैत, दाङ । घोराही उप महानगरपालिका वडा नम्वर ७ मा वडा स्तरिय युवा क्लव गठन गरिएको छ । स्थानिय युवा संदिप चौधरको अध्यक्षता तथा वडा अध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यमा आज आइतवार सम्पन्न युवाहरुको भेलाले संदिप चौधरीको अध्यक्षतामा १७ सदस्सीय युवा क्लव गठन गरेको हो ।

क्लवको उपाध्यक्षमा अश्मिता चौधरी,सचिवमा सुमन केसी र कोषाध्यक्षमा कविता योगी रहेका छन् । वडाका सवै टोलका युवालाई समेटेर गठन गरिएको क्लवका सदस्यहरुमा भेषी वि.सी.,फुलमाया चौधरी,माया चौधरी,राजेन्द्र चौधरी,सपना चौधरी,प्रमिला चौधरी,केशर कुवर,मधुसुदन खनाल र सन्जु चौधरी रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भेलाले युवा तथा खेलकुद मन्त्रालयको युवा परिषद अन्तरगतको नमुना युवा संसद अभ्यास कार्यक्रमका लागि अध्यक्ष संदिप चौधरी र सदस्य भेषी वि.सी.लाई नगर युवा संसद प्रतिनिधि छनौट गरेको छ । भेलाको सहजीकरण वडा कार्यालयका कर्मचारी विमल योगीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय