सोमबार , बैसाख ६, २०७८

खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

खवासलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

१ चैत,विराटनगर । खवास समाज परिषद् केन्द्रीय समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ । परिषद्ले आज पत्रकार सम्मेलन आयोजन गरी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी जनजातिकै सूचीमा खवास जाति छुटेकाले यसलाई सच्याउन आग्रह गरिइएको हो ।

पत्रकारसम्मेलनमा परिषद्का अगुवा कुमार विक्रम खवास, सन्तलाल खवास, सुरेशकुमार खवास र प्रभागकुमार खवासले खवास जातिले बेग्लै पहिचान बोकेकाले यसको अलग्गै सूचीकरण हुनुपर्ने माग गरे । परिषद्का पूर्वध्यक्ष तिलकचन्द्र चौधरी खवासले २१औँ शताब्दीमा पहिचान मेटाएर आफ्नो अधीनमा गर्न अभिष्ट पूरा गर्न खोज्नु न्यायसम्मत नभएको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

परिषद्को अध्ययनअनुसार सुनसरी, मोरङ, झापा, धनुषा र केही पश्चिमी जिल्लामा करिव दुईलाख खवास जातीको बसोबास पाइन्छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभरमा १८ हजार मात्र खवास जाति देखाइएकाले यो जातिको सङ्ख्या थारु जातिमा मिसाइएर थारु जातिको सङ्ख्या अधिक देखाएका विषयमा पनि परिषद्ले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय