गरिबका आँसु पुछेरै छोडछु – डा. शेखर कोइराला
नेपालबहस संवाददाता
चैत १, २०७७ सोमबार ०:१५:५६
१ चैत, खाेटाङ । पूर्वी नेपालको जिल्ला दौडाहामा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भावी पार्टी सभापतिका सशक्त दावेदार डा. शेखर कोइराला झापामा २ दिनको उत्साहजनक र उपलब्धिपूर्ण बसाईपछि विराटनगर हुँदै खोटाङ्ग पुगेका छन् ।
नेपाली कांग्रेसलाई एकताबद्ध बनाउँदै पार्टीलाई युवाहरुको सकृयतामा पुनः सामुहिक नेतृत्वमा अगाडि बढाउने घोषणासहित पूर्वी नेपालका बिभिन्न जिल्लाहरुको भ्रमणमा निस्किएका नेता काेइरालाले अबको पार्टी नेतृत्वमा युवाहरुको उल्लेख्य सहभागिता र सकृयता रहने स्पष्ट पारेका छन् ।
जिल्ला दौडाहाका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुमा देखिएको नैराश्यतालाई बुझेर नै नेता डा. कोइरालाले भने, ‘अब नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता कसैलाई पनि अन्याय हुन दिन्न, ढुक्क हुनुहोस् ।’
खोटाङ्गको हलेसीमा प्रेस युनिय खोटाङ्गले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. कोइरालाले बीपी कोइरालाले परिकल्पना गरेको नेपाली कांग्रेस र उनले देखेका सपनाहरु आफ्नाे नै कार्यकालमा पुरा गरेरै छाडने संकल्प समेत गरे ।
नेपाली कांग्रेसमा नेता तथा कार्यकर्ता माझ अत्यन्तै सुमधुर सम्बन्ध र स्पष्ट विचार राख्न सक्ने नेताका रुपमा उभ्याउन सफल नेता कोइरालाले सम्पूर्ण नेपाली नागरिकहरुलाई स्वास्थ्य र शिक्षा निशुल्क र सर्वशुलभ तरिकाले बिपन्न र सम्पन्न दुबैथरी नेपालीलाई बिना कुनै भेदभाव र बिना कुनै झण्झट उपलब्ध गराउन सक्नु नै बीपी कोइरालाले नेपाली भूमिमा परिकल्पना गरेको नेपाली माटो सुहाउँदो समाजवाद हो भन्दै अब कुनै पनि नेपाली नागरिक गरिबी र पैसाको अभावका कारण अस्पतालको गेटबाटै घर फर्कन नपर्ने अवस्था निर्माण गर्ने भन्ने आफ्नाे सपना रहेको बताए ।
त्यसैगरी कुनै पनि नेपालीका छोराछोरीहरुले पैसाको अभावमा डाक्टर, ईन्जिनियर लगायतका महङ्गा शिक्षामात्र हैन सर्वशुलभ शिक्षाको उपयोग गर्न कुनै पनि झण्झट र आर्थिक अभाव झेल्न नपरोस् भन्ने बिषयमा आफुले धेरै अघिदेखि भन्दै आएको र अब त्यो पुरा गराएरै छाडने दृढ संकल्प समेत गरे ।
हामीले अभावमा रहेका र आफ्नाे समस्या राज्य सरकारसँग पुर्याउन नसक्ने निरीह नागरिकहरुका लागि सहज र सजिलो होस भनेरै राजनीति गरेको बताउदैं कांग्रेस नेता डा.कोइरालाले ठूला महल र चिल्ला गाडी हुनेहरुका लागि नेपाली कांग्रेसले राजनीति गरिदिईरहनु पर्ने आवश्यकता नै नरहेको स्पष्ट पारे ।
हाम्रो देशमा शिक्षा र स्वास्थ्य निशुल्क र सर्वशुलभ बनाउन सके नागरिकका आधा समस्या समाधान हुने र यसले नागरिकका मुहारमा थोरै भए पनि खुशी ल्याउन सकिने भन्दै कांग्रेस नेता डा. कोइरालाले जनताको मुहारमा हाँसो ल्याउन र शिक्षा र स्वास्थ्यमा गर्नुपर्ने खर्चमा कमी ल्याउन आफु जस्तोसुकै त्याग गर्न समेत तयार रहेको बताए ।
नेपालमा कम्युनिष्टहरु जनताको समस्या र दुःखप्रति कहिल्यै उत्तरदायी बन्न नसकेकोप्रति चिन्ता ब्यक्त गर्दै डा. कोइरालाले भने, जनताले नेपालका कम्युनिष्ट पार्टीहरुलाई विश्वास गर्दा पटक पटक धोका मात्रै पाएकोले अब नेपाली जनताको मुहारमा खुशी र ओठमा हाँसो ल्याउन नेपाली कांग्रेसले मात्र सक्ने बताउँदै अबको नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले गरिब जनताले मशशुस गर्न सक्ने र उपयोग गर्न सक्ने बिकासका योजनाहरु ल्याउने समेत विश्वास ब्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार