बँदेलले गहुँबाली सखाप पार्दा किसान चिन्तित
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार २१:५२:४०
१ चैत,डोटी । जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्ने लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
दैनिक गहुँ, मटर, मसुरो, तोरी तथा साग तरकारी बँदेलले नोक्सान गर्न थालेपछि उनीहरुबाट जोगाउनका लागि यहाँका किसान राति जाग्राम बस्न बाध्य भएको जोरायल गाउँपालिका–५ का पदमसिंह खडायतले बताए । उनले भने, “हुलका हुल आउने बँदेलले गहुँलगायत अन्यबाली सखाप गर्न थालेको छ, बाली जोगाउन हामी रातभरि जाग्राम बस्न बाध्य छौँ ।”
खप्तड राष्ट्रिय निकुञ्ज तथा यहाँका महाभारतको लेक तेले क्षेत्रबाट आउने बँदेलको समूहले बालीनाली नोक्सान गर्न थालेको हो । जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा पूर्वीचौँकी गाउँपालिकाका विभिन्न वडामा अहिले जङ्गली बँदेलेको समूहले गहुँलगायतका अन्य बाली खाएर हैरान बनाएको किसान बताउँछन् ।
शिखर–१ का किसान रामसिंह ऐरका अनुसार कम्तीमा पनि सात÷आठ वटाको समूह बनाएर आउने जङ्गली बँदेलेको समूहले एकैरातमा कम्तीमा पनि तीनदेखि चार रोपनी जमीनमा लगाएको बाली खाएर नोक्सान गर्ने तथा खेतनै खनेर जाने गरेका छन् । जङ्गली बँदेलको समूहले अहिले जिल्लाका विभिन्न स्थानमा लगाइएका बालीनालीमा नोक्सानी पु¥याउन थालेको खबर सबै निकायमा जानकारी हुँदासमेत नियन्त्रणका लागि कुनै क्षेत्रबाट पनि प्रयास नभएको किसानको गुनासो छ । उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जङ्गली बँदेलले किसानका खेतीबाली तथा तरकारी नोक्सान गरे सबै मूल्याङ्कनका आधारामा रु १० हजारसम्म रकम दिने नियम रहेको बताए ।
उनले भने, “जङ्गली बँदेलले किसानको बालीनाली नोक्सान गरे कृषि कार्यालय, प्रहरी तथा सम्बन्धित स्थानीय तहको सिफारिसमा हामीले राष्ट्रिय निकुञ्जलाई क्षतिपूर्ति दिनका लागि सिफारिस गर्ने नियम छ, निकुञ्जले अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिन्छ ।”
यसैगरी वन तथा वातावरण मन्त्रालयले गएको वर्ष असारसम्म जङ्गली बँदेलले किसानको बालीनाली नोक्सानी गरे धपाउने, लखेट्ने तथा मार्नेसम्मको आदेश दिएको भए पनि यो वर्षदेखि उक्त नियम नवीकरण नभएकाले पनि खेतीबाली नोक्सान गर्ने बँदेललाई किसानले लखेट्न, मार्न तथा धपाउन नपाएका कारण पनि समस्या हुँदै आएको केआइसिंह गाउँपालिका–५ का अर्का किसान चेतराज भट्टले बताए ।
उनले भने, “किसानले वर्षभरि खानका लागि लगाएको खेती नोक्सान गर्ने बँदेल मार्न, धपाउन नपाइने, क्षति गरेको रकम पनि नदिने भएपछि किसानले के गरी खाने, किसानका मर्का कसले बुझ्ने रु” अन्न फलाउनका लागि पर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरीद गरेर परिवार पाल्नुपरेको किसानको गुनासो छ ।
जङ्गली बँदेलले किसानको सयौँ बिघा जमीनमा लगाएको बालीनाली नोक्सान पु¥याउँदै आएको भए पनि अहिलेसम्म एक जनाले मात्रै क्षतिपूर्ति पाएको डिभिजन वन कार्यालयले जनाएको छ । निकुञ्ज कार्यालयले जङ्गली जनावरले पु¥याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यहाँका किसानको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार