बुधबार , बैसाख ८, २०७८

माओवादी बैठक जारी, वृहत्तर वाम गठबन्धनकाे तयारी

माओवादी बैठक जारी, वृहत्तर वाम गठबन्धनकाे तयारी

१ चैत, काठमाडौं । सर्वाेच्च अदालतको निर्णयले सत्ता पक्षबाट प्रतिपक्षमा धकेलिएको नेकपा माओवादी केन्द्र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भिर छलफलमा जुटेकाे छ । अदालतले फागुन २३ गते नेकपा खारेज गरी पुरानै पार्टी ब्यूँताइदिएपछि आफ्नो भूमिका खोज्न माओवादीले विभिन्न पार्टीहरुसँग लगातार संवाद थालेको हाे । यसक्रममा प्रधानमन्त्री केपी ओलीको विकल्प दिने विषय पनि पार्टीको मूल अजेण्डा बनेको छ ।

साथै, नेकपाबाट निर्वाचित भएका केही नेताहरु पछिल्लो अवस्थामा ओलीसँग टाँस्सिएको भन्दै उनीहरुलाई कारबाही प्रकृयासमेत अगाडि बढाइरहेको छ । अदालतको फैसलापछि पुरानै नाम राख्न बाध्य केन्द्रले अबको बाटो वृहत्तर वाम गठबन्धन गर्ने मूल अजेण्डा बनाउन लागेको छ । यसका लागि पार्टीको नाम परिवर्तन गरी सबैलाई समेट्ने प्रयाससमेत अगाडि बढाउन लागिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसै पृष्ठभूमिमा आज केन्द्रीय कमिटी बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले उल्लेखित विषयमा व्यापक छलफल थालेको छ । आज सबैले धारणा राख्न पाएनन् ।

त्यसैले भोलि पनि बैठक जारी राख्ने निर्णय भएको छ । पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भोलि बिहान ११ बजेका लागि बैठक डाकिएको जानकारी दिएका छन् । आज प्रस्तुत चार वटा अजेण्डामा छलफल जारी रहेको उनले बताए । आजको बैठकमा राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश इन्चार्जहरुले रिपोर्टिङ गरेको जानकारी श्रेष्ठले दिए ।

स्रोतका अनुसार आजको बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकमा ओली सरकारको विकल्प दिने बेला आएको भन्दै सबै वामपन्थी शक्तिलाई फेरि एकीकृत गर्ने जिम्मेवारी माओवादीको काँधमा आइपरेको प्रष्ट्याएको थिए । लगत्तै उपाध्यक्ष श्रेष्ठले देशको समसामयिक राजनीतिक अवस्था र सम्भावित गठबन्धनबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय