बिहिबार , बैसाख २, २०७८

चन्द्रागिरि हिल्सको बढोत्तरीः शेयरमा उच्च माग, करिब ९ पुग्यो मूल्य

चन्द्रागिरि हिल्सको बढोत्तरीः शेयरमा उच्च माग, करिब ९ पुग्यो मूल्य

०१ चैत, काठमाडौं । कारोबार सुरु भएदेखि नै चन्द्रागिरि हिल्स कम्पनीको शेयर सकारात्मक सर्किट लाग्दै आएको छ । पछिल्लो १० दिन यता शेयरमूल्य बढेर करिब ९ सय रुपैयाँ नजिक पुगेको हो । कम्पनीको शेयरमा खरिदकर्ताको चाप उच्च छन भने बिक्रीकर्ता भने देखिएका छनन्।

आइतबार पनि कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ८८४ रुपैयाँ पुगेको छ। कम्पनीको मार्केट डेप्थमा झण्डै ७ लाख कित्ता शेयर खरिदको लागि माग भइरहेको अवस्थामा बिक्रीकर्ता भने शुन्य छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

chandra 2

दोस्रो बजारमा कारोबार खुलेदेखि नै कम्पनीको शेयरमूल्य लगातार बढिरहेको छ। शेयर बजार घट्दो क्रममा देखिएपनि कम्पनीको शेयरमूल्यमा भने दैनिक सकारात्मक सर्किट लाग्दै आएको छ।

विगत २४ कारोबार दिनमा कम्पनीको शेयरमूल्य ४०० प्रतिशतभन्दा धेरै अर्थात प्रतिकित्ता ७२० रुपैयाँले बढीसकेको छ। पहिलो दिन १६४ रुपैयाँमा खुलेको कम्पनीको शेयरमूल्य आइतबारसम्ममा ८८४ रुपैयाँ पुगिसकेको छ।

two 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय