
१ चैत, बुटवल । रुपन्देही प्रहरीले पेस्तोलसहित तीनजना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–९ बेतकुइयाका २४ वर्षीय सुरज हरिजन, सोही ठाउँका २३ वर्षीय तौलन हरिजन र सम्मरीमाई– ७ भुन्डिहवाका सहिल मुसलमान रहेका छन् ।
यूपी ५५ एन ४९४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरमा चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया