सोमबार , बैसाख ६, २०७८

सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

१ चैत, विराटनगर । मोरङमा सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा  एक वृद्धलाई प्रहरीले पक्राउ गरेकाे छ । ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया रहेका छन् ।

प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो । बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेकोछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ । प्रहरीले दिएकाे जानकारी अनुसार घटना शुक्रबार दिउँसो करिब ३ बजेतिरको हो ।

सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको हो । पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय