बिहिबार , बैसाख २, २०७८

प्रचण्ड र माधवबीच गोप्य छलफल हुँदै

प्रचण्ड र माधवबीच गोप्य छलफल हुँदै

१ चैत, काठमाडौं । फागुनको २५ गते नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको अनौपचारिक बैठक पेरिसडाँडास्थित मुख्यालयमा बस्यो ।बैठक सकेर नेता माधवकुमार नेपालले सञ्चारकर्मीलाई भने–आजबाट हामी र प्रचण्डजी अलग भयौं, तर हाम्रो हृदय विशाल छ, फेरि पनि सहकार्य हुने नै छ ।

नभन्दै नियतिले त्यही परिस्थिति निर्माण गरिदिएको छ, त्यो पनि यति चाँडै । आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोझै कोटेश्वरस्थित नेपाल निवास पुगेका छन् । यतिबेला प्रचण्ड र नेपालबीच छलफल जारी छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

छलफलको विषय स्पष्टै छः– प्रधानमन्त्री केपी ओलीको बहिर्गमन । फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा खारेज गरी ऋषिराम कट्टेललाई दिनुका साथै नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदियो । फैसलाप्रति असहमति रहेपनि सबैले स्वीकारेका छन् ।

नेता नेपाल पनि अमिलो मन लिएर नेकपा एमालेमै फर्किए । तर एमाले अध्यक्ष ओलीले भने नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुको जिम्मेवारी अस्ती शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्य बोलाएर खोसिदिए । त्यसको प्रतिक्रिया स्वरुप नेपाल पक्षले पनि समानान्तर कमिटी गठन गरेको छ । यसले दुबै पक्षबीचको मनमुटाव र बेमेल अझै उत्कर्षमा पुगेको छ ।

साथै, सार्वजनिक मञ्चबाटै ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार निम्तो गरेका छन् । तर नेता नेपाल पक्षले भने चैतको ४ र ५ गते राजधानीमा देशभरिका कार्यकर्तालाई बोलाएको छ । साथै, आफूहरुका सर्त पूरा गरे मात्रै बालुवाटार बैठकमा सहभागी हुने बताएका छन् ।नेपाल पक्षको सर्त मान्न ओली तयार छैनन् । निश्चित छः– अब नेकपा एमाले फेरि पनि दुई चिरा हुँदैछ ।

यही पृष्ठभूमिमा आज प्रचण्ड नेता नेपाललाई भेट्न गएका हुन् । प्रधानमन्त्री ओलीलाई अपदस्थ नगरेसम्म आफूहरुलाई अफ्ठेरो पर्ने बुझाई नेता नेपालको छ । तर, औपचारिक रुपमा आफूले ओलीलाई विस्थापित गर्न सक्ने अवस्था छैन । त्यसैले माओवादीकै काँध चढेर मात्रै ओलीलाई हटाउन सकिने वाध्यता रहेको छ ।

आज माओवादीले केन्द्रीय कमिटीको बैठक आयोजना गरी यस्तै अजेण्डामा छलफल गरे । यसबारे जानकारी गराउन र भोलि फेरि मोर्चा बनाउने तयारी कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गर्न प्रचण्ड–नेपाल भेटघाट भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय