आइतबार , बैसाख ५, २०७८

कुमारी बैंकका ग्राहकलाई मेरिना ईम्पेक्समा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई मेरिना ईम्पेक्समा विशेष छुट

१ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धी सेवाहरुमा कुमारी बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सहकार्य पश्चात मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाहरुबाट सर्टिङ्ग, सुटिङ्ग लगायत सम्पूर्ण सिलाई सम्बन्धी सेवाहरुमा बैंकको डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गरेमा कार्डवाहकहरुले २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा मेरिना ईम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय