प्रदेश नमूना प्रहरी सर्लाहीको संयुक्त अवलोकन
नेपालबहस संवाददाता
चैत १, २०७७ सोमबार ०:३८:३९
१ चैत, सर्लाही । जिल्ला प्रहरी कार्यालयको प्रदेश नं २ अन्तर्गतका सात जिल्लाका प्रहरी अधिकृतहरूले सर्लाहीको अपराध अनुसन्धान शाखाको अवलोकन गरेका छन् । पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका मुद्दासम्बन्धी काम कारवाही गर्ने इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुखहरूले संयुक्त अवलोकन गरेका हुन् ।
अपराध अनुसन्धान शाखाको अभिलेख व्यवस्थापनलगायत अनुसन्धान तथा काम कारवाहीमा प्रदेशभर नमूना देखिएकाले अन्य सातवटै जिल्लाका मुद्दा फाँट हेर्ने प्रहरी अधिकृतहरूले सो शाखाको अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालको नेतृत्वमा सातवटै जिल्लाका प्रहरी अधिकृतहरूले जिप्रका व्यवहारिकरूपमा कार्यक्षेत्रमै लागेर व्यवसयिकता अभिवृद्धि गराई समग्र प्रहरी कार्य सम्पादनलाई उत्कृष्ट बनाउन प्रहरी कार्यालयद्वारा सम्पादित नमूना कार्यहरूलाई देखाई व्यवहारिकरुपमा सिकाइएको हो ।
कार्यक्रमले प्रहरी सङ्गठनको मेरुदण्डका रुपमा रहेको अपराध अनुसन्धानलाई वैज्ञानिक, प्रमाण मुखी एवं वस्तुनिष्ठ बनाई न्यायिक निरोपणका माध्यमबाट कानूनी राज्य स्थापनामा थप टेवा प्रदान गर्ने अपेक्षा गरिएको वरिष्ठ उपरीक्षक दाहालले बताए । अपराध नियन्त्रणको सम्बन्धमा प्रोएक्टिभ पोलिसिङका लागि ‘समुदाय प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत सर्लाही प्रहरीले साइबर अपराध, बाल विवाह, लागुऔषध, लैङ्गिक हिंसालगायत विषयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रमसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार