शुक्रबार , बैसाख १०, २०७८

महालक्ष्मी साहित्यिक पुरस्कारबाट लम्साल सम्मानित

महालक्ष्मी साहित्यिक पुरस्कारबाट लम्साल सम्मानित

१ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ बाट (मिति २०७७ फाल्गुन २९ गते) डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले रु.५१,०००.०० (रु. एकाउन्न हजार मात्र) राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साललाई हस्तान्तरण गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको जनाएको छ ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्दता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय