बिहिबार , बैसाख २, २०७८

बोक्सीको आरोपमा वृद्धा महिलालाई बाँधेर निर्घात कुटपिट, २ जना पक्राउ

बोक्सीको आरोपमा वृद्धा महिलालाई बाँधेर निर्घात कुटपिट, २ जना पक्राउ

१ चैत, विराटनगर । मोरङमा बोक्सी आरोपमा वृद्धामाथि निर्घात कुटपिट भएको छ । प्रहरीका अनुसार जिल्लाको  रतुवामाइ नगरपालिका – २ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेका हुन् ।

बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कुटपिट र आक्रमणबाट वृद्धा बेहोस भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीका अनुसार वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले कुटपिट गरेका थिए । हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा लखनलाल र हैरानीलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय