सोमबार , बैसाख ६, २०७८

किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एक जना नियन्त्रणमा

किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एक जना नियन्त्रणमा

२ चैत, काठमाडौं । नेपाल प्रहरीले किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ ।बाराको जितपुर सिमरा उपमहानगरपालिका-१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक(पटक करणी गरी गर्भ बोकाएको आरोप छ । घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय