कोरोनापूर्वको दैनिकीमा फर्कर्दै कलाकार
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १४:२३:१७
२ चैत,बाग्लुङ । बाग्लुङअहिलेका उम्दा गायक प्रकाश सपुत गत महिनाभर व्यस्त रहे । फागुनको साङ्गीतिक यात्रालाई शनिबार अछाम महोत्सवमा बिट मारे । यो बीचमा उनी पोखरा, झापा, सिन्धुली, पर्वतलगायतका ठाउँ पुगे ।
शनिबार बर्दिवास महोत्सवमा प्रस्तुति दिएका गायक दुर्गेश थापाका लागि पनि फागुन महिना औसत रह्यो । पछिल्लो महिना १५ भन्दाबढी मञ्चीय कार्यक्रममा थापाले प्रस्तुति दिए । सपुत र थापाझैँ अन्य गायक÷कलाकार पनि कोरोनापूर्वको दैनिकीमा विस्तारै फर्कँदैछन् । लय समात्दैछन् ।
“खुशी लागेको छ, एक वर्षपछि फेरि दैनिकी पुरानै लयमा फर्किन थालेको आभास भएको छ”, सपुतले भने, “पहिलेझैँ व्यस्त तालिका नभए पनि फागुन लागेयता फाट्टफुट्ट हुन थालेका मेला÷महोत्सवले केही राहत दिलाएको छ ।” अपेक्षा गरेभन्दा छिट्टै आफू मञ्चमा फर्केको अनुभूति भइरहेको सपुतले सुनाए । गायन, सिर्जना र अभिनय कलामा समेत पोख्त सपुतले मञ्चीय कार्यक्रम आफ्नो पहिलो रोजाइमा पर्ने गरेको बताए । “मञ्चीय कार्यक्रममा प्रत्यक्षरूपमा दर्शकसँग साक्षात्कार हुन्छ, भिन्दै खाले ऊर्जा मिल्छ”, उनले भने, “अभिनयलगायत अन्य विधाका काममा लागिरहँदा पनि मेरो ध्यान बढी मञ्चीय कार्यक्रमतिर हुन्छ ।”
अहिले मेला÷महोत्सवमा पुग्दा, दर्शकको सहभागिता देख्दा कोरोना अझै छ र रु भन्नेजस्तो भान मिल्ने गरेको सपुतले सुनाए । बन्दाबन्दी र यात्रा प्रतिबन्धका कारण देशविदेशका साङ्गीतिक कार्यक्रम रद्द भएपछि कलाकार मारमा परेका थिए । सपुत स्वयंले महिनौँसम्म घरमै थुनिएर अत्यासलाग्दा दिन कटाउनुपरेको थियो ।
“अष्ट्रेलिया, जापानलगायत छ देशमा हुने साङ्गीतिक कार्यक्रममा जान भिसासमेत निश्चित भइसकेको थियो, कोरोनाका कारण सबै कार्यक्रम रद्द भए”, सपुतले भने, “विदेशमा त अझै पनि कार्यक्रम हुन सकेका छैनन्, कतै बन्दाबन्दी छ, कलाकारका लागि प्रवेशाज्ञा पनि खुलेको छैन ।” छिट्टै कोरोना महामारी पूर्णरूपमा थामिएर स्थिति सहज भएपछि साङ्गीतिक यात्राका दौरान देशदेशावर घुम्न पाउनेमा उनी आशावादी छन् ।
“मञ्चीय कार्यक्रमलाई व्यावसायिक आधार बनाएका कलाकारको कोरोनाका कारण रोजीरोटी नै खोसिने अवस्था सिर्जना भएको थियो, अहिले परिस्थिति सहज हुँदै गएको छ”, अर्का गायक थापाले भने । मञ्चीय कार्यक्रमबाट कलाकारले राम्रै कमाइ गर्छन् । चल्तीका कलाकारलाई त मेला÷महोत्सवको याममा भ्याइनभ्याइ हुन्छ । विदेशका कार्यक्रममा जाँदा त एकैपटकमा लाखौँ रुपैयाँसम्म आर्जन गर्छन् । तत्काललाई विदेशका कार्यक्रममा जान नपाए पनि देशभित्र भइरहेका मेला÷महोत्सवबाट माग आउन थालेको थापाले बताए ।
“बन्दाबन्दीपछि ४० भन्दाबढी कार्यक्रममा प्रस्तुति दिएँ, विस्तारै व्यस्तता बढ्दैछ, खुशी छु”, उनले भने । हालै शिवरात्रिलक्षित ‘सलाइ छ सलाइ’ गीत गाएर थप चर्चा पाएका थापाले मञ्चीय कार्यक्रम नहुँदा पनि साङ्गीतिक कर्मलाई नछाडेको बताए । उनले पछिल्लो गीत ‘सलाइ छ सलाइ’ युट्युबको ट्रेन्डिङ नं २ सम्म उक्लेको थियो । उक्त गीतले हालसम्म १५ लाखबढी ‘भ्युअर्स’ बटुलेको छ ।
“युट्युबबाट पनि कमाइ त छ तर मञ्चीय कार्यक्रममा चल्न सक्दा कलाकारका लागि व्यावसायिकरूपमा बढी फाइदा हुन्छ”, थापाले भने । असोज–कात्तिकदेखि बर्सात लाग्नुपूर्व नेपालमा मेला÷महोत्सवको याम चल्छ । कोरोनाकै कारण यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम मात्रामा मेला÷महोत्वस हुने निश्चित छ ।
बन्दाबन्दीमा मञ्चीय कार्यक्रम गुमाएका कतिपय कलाकारले भने फुर्सदलाई सिर्जना कर्ममा सदुपयोग गरे । युट्युबबाट नयाँ–नयाँ गीत सार्वजनिक गरे । कोरोनापछिको झण्डै एक वर्ष जन्मघरमा बिताएका लोकगायक विष्णु खत्रीले बन्दाबन्दीमा सिर्जना गरेका गीतलाई अहिले मूर्तरूप दिइरहेका ।
खत्रीका ‘महिला हिंसा’, ‘अस्पताल’लगायतका गीत हालै सार्वजनिक भएका छन् । बन्दाबन्दीमा गाउँमा रहँदा जनजीवनका भोगाइ, दुःख र मनोदशालाई सिर्जनामा उतार्न सघाउ पुगेको खत्रीले प्रतिक्रिया दिए । समाजका हरेक क्षेत्रझैँ कोरोनाको मारमा परेको कला जगत् पनि पुनःउत्थान हुने आशा जागेको छ । कलाकार पनि उत्साहित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार