
२ चैत, काठमाडौं । नयाँ सत्ता समीकरणका लागि तीन राजनीतिक दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजबादी पार्टी निर्णायक छलफलमा बस्दैछन् । एमाले र माओवादी केन्द्र अलग -अलग भएपछि नयाँ सत्ता गठबन्धनका निर्माणका लागि तीन दल बीच पहिलोपटक त्रिपक्षीय छलफल हुन लागेको हो। देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकको सयोजन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गर्दैछन् ।
केही दिन यता लगातार जसो हुँदै आएको दुइ पक्षिय छलफलमा क्रममा कांग्रेस, माओवादी केन्द्र र जसपासमेत प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नु एकमत देखिएका छन् । आजको बैठकमा तीन दलका तर्फबाट र शीर्ष नेताहरू सहभागी हुनेछन् । बैठकलाई निर्णँयक बनाइने बताइएको छ। ‘पहिलो चरणको छलफलमा तीनै दल ओलीको विकल्प खोज्ने विषयमा तयार भएको अवस्था छ, । त्यसैले यो छलफल नयाँ सत्ता समिकरण निर्माण र गठबन्धनका लागि निर्णायक हुन सक्छ,’ माओवादी केन्द्रका एक नेताले भने ।
भोलीका लागि संसदको बैठक अब्हान गरिएको भएका कारण त्यस अघि नै टुग्गोमा पुग्ने गरी बैठक बस्ने लागिएको ती नेताले जानकारी दिए । ओली विरुद्ध एमालेको नेपाल खनाल पक्ष निर्वाचन आयोगमा पुगेको र अन्य दलहरु ओली विकल्प खोजिरहेको बेला बैठकले बैठकमा भावी सरकारको नेतृत्व टुग्गो लगाउनुका साथै संसदमा कसरी अघि बढने भन्ने विषयमा समेत छलफल हुने बताएको छ ।
आजको बैठकमा नेपाली कांग्रेसका नेताहरुले संसदमा दोस्रो ठुलो दल भएकाले अवको सरकारको नेतृत्व आफुले दावी गर्दै सहयोग गर्न औपचारीक रुपमा प्रस्ताव गर्ने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस सभापति देउवाले आइतवार बारामा भएको एक कार्यक्रममा मुलुकमा आइपरेको संकटको निवास कांग्रेसले दिदै आएका बताउदै अहिलेको संकटबाट पनि मुलुकलाई निकास दिन कांग्रेस र आफु तयार रहेको बताएका थिए । तर उलले सरकारको जिम्मेवारी लिन आफु तयार रहेपनि हतार भने नगर्ने पक्षमा रहेको बताएका छन् ।
प्रतिक्रिया