बिहिबार , बैसाख २, २०७८

वन अतिक्रमण बढ्दै गएपछि घरटहरा हटाउन शुरु

वन अतिक्रमण बढ्दै गएपछि घरटहरा हटाउन शुरु

२ चैत,महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सवडिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो राख्दै वन क्षेत्रमा बनेका नयाँ र पुराना घर÷टहरा हटाउने क्रम शुरु गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन भएपछि जग्गा पाउने आशमा अतिक्रमण बढेको बताए ।

“वन मासेर व्यक्तिलाई वितरण गर्ने कुरै आउँदैन”, वन अधिकृत मानन्धरले भने, “स्थानीय प्रशासनको सहयोगमा अतिक्रमण खाली गराउने क्रम शुरु भइसकेको छ ।” उनले अटेर गरेर वन खाली नगर्ने जो कोही भए पनि बल प्रयोग गरेर भए पनि खाली गराउन लागेको जानकारी दिए । उनले तीन दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित भेटघाट शिविरबाट नयाँ बनेका २० वटा घरधुरी खाली गरिएको जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“बेलकुण्डी क्षेत्रमा बाढीपीडितका नाममा अतिक्रमण गरी बसेकालाई पनि हटाउने अन्तिम तयारी छ”, उनले भने, “अब जिल्लाका सबै क्षेत्रमा अतिक्रमण हटाउने गृहकार्य भइसकेको छ ।” यहाँको भेटघाट शिविरमा सत्र वर्षदेखि नै टहरा बनाएर बसोबास गरेका भए पनि पछिल्लो समय टहरा थपिने क्रम बढेको थियो । अठासी हजार २०० हेक्टर वन क्षेत्र रहेको कञ्चनपुरमा तीन हजार १९२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

डिभिजन वन कार्यालयका अनुसार कृष्णपुरमा एक हजार ८६, शुक्लाफाँटामा ८७९, भीमदत्त नगरपालिकामा २०१, वेदकोटमा ६३३, लालझाडीमा ३८१, बेलौरीमा १२ हेक्टर वन अतिक्रमणको चपेटामा छ । राष्ट्रिय भूमि अधिकार मञ्चका सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर चुनाराले कञ्चनपुरमा मात्रै ६०० को हाराहारीमा सुकुम्वासी र भूमिहीन परिवार रहेको बताए ।

“मञ्चसित मात्रै ६०० जति सुकुम्वासी र भूमिहीन आबद्ध छन्”, उनले भने, “नालाखोला छेउदेखि सडक र वन छेउमा टहरा बनाएर बसिरहेका छन् ।” भूमिहीन सुकुम्वासीको तीन पुस्ते पनि सङ्कलन गरिएको बताउँदै उनले तिनको व्यवस्थापनका लागि स्थानीय तह र सरोकारवाला निकायसित समन्वय गर्दैआएको बताए । “शुरुमा अस्थायी बसाइका लागि पनि पहल ग¥यौँ”, उनले भने, “विकल्प नदिएर लखेट्नु हुँदैन ।” भूमिहीन दलितलाई जग्गा अनिवार्य उपलब्ध गराउनुपर्ने संविधानमै व्यवस्था रहेको सचिव चुनाराको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा एकैदिन एक लाख भन्दा बढी संक्रमित भारतमा एकैदिन एक लाख भन्दा बढी संक्रमित ६ दिन पहिले
नयाँ बर्षमा पूर्वराजाको शुभकामना: फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न’ आग्रह नयाँ बर्षमा पूर्वराजाको शुभकामना: फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न’ आग्रह २ दिन पहिले
विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन ७ घण्टा पहिले
शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग सङ्कलन शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग सङ्कलन १ दिन पहिले
पत्रकारमाथि भएको कुटपिटप्रति युनियनद्धारा निन्दा पत्रकारमाथि भएको कुटपिटप्रति युनियनद्धारा निन्दा ६ घण्टा पहिले
शेयरबजारमा एक दर्जन बढी न्यून शेयरमूल्य भएका कम्पनी, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? शेयरबजारमा एक दर्जन बढी न्यून शेयरमूल्य भएका कम्पनी, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? ६ दिन पहिले
‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार ५ दिन पहिले
रिचार्जरले ल्यायो नयाँ वर्षको अवसरमा अफर, ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी रिचार्जरले ल्यायो नयाँ वर्षको अवसरमा अफर, ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी ४ दिन पहिले
सरकारी पोशाक नसिलाउनेको भत्ता कटौती : मुख्यमन्त्री पौडेल सरकारी पोशाक नसिलाउनेको भत्ता कटौती : मुख्यमन्त्री पौडेल ४ हप्ता पहिले
बल प्रयोग गरेर भएपनि वसन्तपुर क्षेत्रका अनधिकृत पसल र टहरा हटाउँछौं : कामपा प्रहरी बल प्रयोग गरेर भएपनि वसन्तपुर क्षेत्रका अनधिकृत पसल र टहरा हटाउँछौं : कामपा प्रहरी २ हप्ता पहिले
विकास बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन विकास बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन ३ हप्ता पहिले
मलाई सोध्न बन्द गर्नुस, हो म प्रेगनेन्ट भएकी हुँ : प्रियंका कार्की मलाई सोध्न बन्द गर्नुस, हो म प्रेगनेन्ट भएकी हुँ : प्रियंका कार्की २ हप्ता पहिले
उपत्यकामा घुम्नलायक टौदहको रमणीय जलाशय [ फोटोफिचर ] उपत्यकामा घुम्नलायक टौदहको रमणीय जलाशय [ फोटोफिचर ] २ हप्ता पहिले
बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान २ हप्ता पहिले
उद्योग वाणिज्य संघ पोखराको फोन पे क्युआर सेवा सञ्चालनमा उद्योग वाणिज्य संघ पोखराको फोन पे क्युआर सेवा सञ्चालनमा ४ हप्ता पहिले
ओलीले बामदेवलाई भने, एकतालागि निकै लाग्नु भयो, सायद थाक्नु भयो ! ओलीले बामदेवलाई भने, एकतालागि निकै लाग्नु भयो, सायद थाक्नु भयो ! ४ हप्ता पहिले