
२ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकिकरण पछिको संयुक्त पार्टी नेकपाको जेट विमान पुष्प कमल दाहाल ‘प्रचण्ड’ र आफुले हाँकेपनि प्रचण्डले बिचैमा सिटबाट फालहाने काम गरेको बताएका छन् । आइतावार राति प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलालाई अन्तर्वार्ता दिदै प्रधामन्त्री ओलीले पार्टी एकीकरणपछि दुई पाइलटले नेकपाको जेट विमान हाँकिरहेको भए पनि ल्याण्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हानेको बताएका हुन ।
‘हाकिन्जेल हाँक्या हो। ल्याण्ड गर्न पाएको छैन ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छ?,’ प्रचण्डप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने। तत्कालीन एमाले र माओवादी एकता पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि एउटै दलमा दुई अध्यक्ष भन्ने विषयलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा टेप्पो हो र एजनाले चलाउन हाँक्न नेकपा त जेट विभान हो जेट विमान हाँक्न दुई पाइलट चाहिने बताएका थिए ।
अन्तर्वातामा ओलीले संसदमा अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको पनि बताउदै आफूले बहुमत छँदाछँदै प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । उनले आफुलाइ मन नपराउनेहरुले नै समर्थन फिर्ता नगरेर मायाँ गरिरहेको बताउदै आफ्नो लोकप्रियता कति धेरै छ भन्ने विषय प्रमाणित भएको चर्चा गरेका थिए ।
‘म कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन,’ टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने। अन्तर्वार्तामा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न आफुले कुनै प्रस्ताव नगरेको हुँदै त्यो जनमतको अपमान हुने बताए ।
प्रतिक्रिया