बढ्दो प्रविधिको दुरुपयोग रोक्नुपर्छ
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १६:४:२३
२ चैत,काठमाडौं । सूचना प्रविधिको पहुँच व्यापक भए पनि प्रविधिको दुरुपयोग बढेको भन्दै यसको प्रभावकारी नियमन गरिनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञले औँल्याएका छन् । आधुनिक युगमा प्रविधिको उच्चतम विकास र विस्तारले शहरदेखि दूरदराजमा प्रविधिको पहुँच बढेकाले प्रविधिको सहीरूपमा सदुपयोग भएको छ की छैन भनेर प्रभावकारी अनुगमन र नियमन हुनुपर्ने उनीहरुको जोड छ ।
कम्प्युटर एशोसिएशन अफ नेपाल महासङ्घ (क्यान महासङ्घले) आइतबार आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तक्र्रियामा वरिष्ठ पत्रकार प्रतीक प्रधानले सूचना प्रविधिको पहुँच र प्रयोग बढ्दो रहनु सकारात्मक भए पनि यसबाट सिर्जना भएका कतिपय नकारात्मक गतिविधिलाई नियन्त्रण गरी प्रविधिको सही सदुपयोगका लागि ध्यान दिन जरुरी भएको बताए ।
“सूचना प्रविधिको पहुँच र प्रयोग तीव्ररूपमा बढेको छ । समाचार पत्र र सञ्चारगृह आफैँमा द्विविधामा छन् कुन विषयवस्तु कसरी दिने भनेर । सूचना सम्प्रेषणमा प्रविधिले राम्रो कुरा ल्याएको छ, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता स्थापित गर्न पनि धेरैहदसम्म भूमिका खेलेको छ, प्रविधिसँगै आएका खराब पक्षलाई मिडिया, पाठक र समाजले पनि प्राथमिकता निर्धारण गर्न अपरिहार्य छ”, उनले भने । पत्रकार प्रधानले पत्रकारले सूचना, मनोरञ्जन र अत्याचारलाई छुट्टयाएर पत्रकारितालाई जिम्मेवार बनाउन जरुरी भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको नियमन गर्ने फरकफरक निकाय भएकाले इन्टरनेट नियमन गर्न समस्या आएको बताए । उनले मिडियामा समावेश हुने विषयवस्तुलाई पनि जवाफदेही र जिम्मेवारी बनाउन अधिकार पाएको खण्डमा नियमन गर्न प्राधिकरण तयार रहेको बताए ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले इन्टरनेट नियमन गर्ने कि इन्टरनेटभित्रका विषयवस्तु प्रशोधन गर्ने भन्ने द्विविधा बढेको भन्दै सूचना प्रविधि क्षेत्रलाई सहज ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिए । उनले कनेक्टिभिटी सहज हुँदाहुँदै पनि दुरुपयोग बढेको र यसबाट अपराध, आत्महत्याजस्ता गतिविधि बढेको बताए । उनले भने, “हामीले जसरी कनेक्टिभिटीलाई लैजाँदैछौँ यसको कन्टेन्ट पनि निर्धारण र प्राथमिकीकरण गर्न जरुरी छ । देशका कुना गाउँसम्म प्रविधिको पहुँच पुगे पनि यसको सदुपयोग भएको छ कि छैन भनेर प्रभावकारी अनुगमन गर्न जरुरी छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार