सोमबार , बैसाख ६, २०७८

नेपाल हाइड्रो डेभलोपर्स र महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल हाइड्रो डेभलोपर्स र महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

०२ चैत, काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले नेपाल हाइड्रो डेभलोपर्स र महालक्ष्मी विकास बैंकका शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

यी दुबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत ३ गते बुकक्लोज गर्दैछन्। त्यसैले, कम्पनीहरुको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्दछ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाल हाइड्रोले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १७ गते १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा डाकेको छ।

त्यस्तै, महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुक्ता पूँजीको ८.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले चैत १३ गते उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजु शुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय