आइतबार , बैसाख ५, २०७८

लाभांश प्रस्ताव पारित गर्न सांग्रीला डेभलपमेन्ट बैंकले आह्वान गर्यो साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न सांग्रीला डेभलपमेन्ट बैंकले आह्वान गर्यो साधारणसभा

०२ चैत, काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले चैत २३ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सोह्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। चैत १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय