
०२ चैत, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । संघको ४५औं वार्षिक साधारणसभाले आइतवार सुबोधकुमार गुप्तालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
गुप्ता यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । साधारणसभाले अनिलकुमार अग्रवाललाई संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । हरि गौतम द्वितीय अध्यक्ष बनेका छन् ।
महासचिवमा मनोजकुमार दास, उद्योगतर्फ सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फको सचिवमा आशिष लाठ चुनिएका छन् । कोषाध्यक्षमा गोविन्द शाह र सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयल निर्वाचित भएको निर्वाचन अधिकृत रामेश्वर सेढाईंले जानकारी दिए ।
साधारणसभाले उद्योग सहसचिवमा सुशान्त चाचान र वाणिज्यतर्फको सहसचिवमा अनोज रुङ्गटालाई निर्वाचित गरेको छ । यसअघि ३५ जना कार्य समिति सदस्य सर्वसम्मत चयन भएका थिए ।
प्रतिक्रिया