
२ चैत काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एंवम् प्रधानमन्त्री केपी ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । लामो समयको तिक्ततापछि दुई शीर्ष नेताबीच अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता जारी छ ।
प्रधानमन्त्रीले बालुवाटारमै भेटका लागि आग्रह गरेपनि नेपालले पार्टी कार्यालयमै भेटने तर आफु बालुवाटार नआउने जवाफ दिएपछि दुइ नेता बीच धुम्बाराहीमा भेटवार्ता भएको हो ।
नेताहरु बीच करिब ४ महिनापछि भेटवार्ता हुने भएको छ । गत कात्तिक २५ गतेपछि नेताहरु बीच शीर्ष तहमा औपचारिक भेटवार्ता भएको छैन ।
दुवै पक्षाका युवा नेताहरुले पार्टी विभाजनलाई रोक्न पार्टी अध्यक्ष ओलीले शुक्रबार गरेको निर्णय फिर्ता लिनुपर्ने र नेपाल पक्षले यही चैत ४ र ५ गते बोलाएको समानान्तर राष्ट्रिय कार्यकर्ता भेला स्थागित गर्नुपर्ने गरी दुवै पक्षमा दवाव बढेपछि एकता पूर्वको नेकपा एमालेको संरचनाबाटै सहमति खोज्ने वातावरण निर्माण गर्नुपर्ने भन्दै भेटघाटको वातावरण निर्माण गरिएको नेताहरुले जानकारी दिएका छन् ।
भेटमा ओली समूहबाट प्रदीप ज्ञवाली, विष्णु पौडेल र महासचिव ईश्वर पोखरेल तथा नेपाल समूहबाट झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल लगायतका नेताहरु सहभागी छन् ।
प्रतिक्रिया