कर्णाली करिडोरको काम प्रभावित
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १७:३६:१७
२ चैत,हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा– सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’ काठमाडौँबाट फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसके पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म उडान हुम्ला गर्न नसकेकाले निर्माण कार्य प्रभावित भएको छ ।
कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा प्वाल खोपेर विस्फोटन कार्यका लागि तयारी अवस्थामा राखेको छ । हिल्सा सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाका अनुसार यस आयोजनाअन्तर्गत च्याछरा भिर, हेप्का, बोक्चेगौँडा, छारे भिर, दुल्लीकुनामा विस्फोटका लागि विस्फोटक पदार्थ नहुँदा काम रोकिएको र नेपाली सेनाको सैनिक विमान उडानका लागि अनुरोध गरेर उडान शुल्कसमेत जम्मा गरिसकिएको छ ।
यस योजनाअन्तर्गत चार वटा पुलको (याङ्गार खोला पुल, सल्ली खोला पुल, ताग्रु खोला पुल र हेप्का खोला पुल) निर्माण भइरहेको छ । शीघ्र कार्य गर्न निर्माण व्यवसायीलाई मौखिक तथा लिखित निर्देशन योजना कार्यालयबाट समेत दिइसकिएको छ । विसं २०७८ सम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना कार्यालयको लक्ष्य रहेको छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकप्टर, खच्चड र उत्तरी नाका हिल्साको भर पर्नुपर्ने अवस्था रहेको छ ।
निर्माण सामग्री ढुवानीका लागि कोभिड–१९ का कारण उत्तरी नाका हिल्सासमेत नखुलेको हुँदा पुलका लागि प्रयोग हुने आवश्यक निर्माण सामग्री डण्डी, सिमेन्टलगायत सामग्री निर्माणस्थलसम्म ल्याउन कठिन भएकाले याङ्गार खोला पुल निर्माणमा ढिलाइसमेत भएको पुल निर्माण कार्यका प्रतिनिधि अकिल बुढाले जानकारी दिए । विकास निर्माण प्रभावित हुनबाट रोक्न सम्बन्धित निकायबाट समेत समन्वय गरिनुपर्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार