बिहिबार , बैसाख २, २०७८

ओली र नेपाल पक्षको वार्ता सुरु

ओली र नेपाल पक्षको वार्ता सुरु

२ चैत, काठमाडौं । नेकपा एमाले व्यूँतिएपछि प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालबीच बढेको तिक्तता अन्त्य गर्न अहिले धुम्बाराहीस्थित पार्टी कार्यालयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री ओली र नेता नेपालबीच कायम संवादहिनता तोड्न दुबै पक्षका दोस्रो तहका नेताहरुको सक्रियतामा छलफल थालिएको हो ।

खासगरी प्रधानमन्त्री ओलीका विश्वास पात्र सुभाषचन्द्र नेम्बाङ र विष्णु पौडेलको पहलमा आजको छलफल भएको हो । प्रधानमन्त्री ओलीले नेता नेपालसँग एक्लै भेट्न बालुवाटार बोलाएका थिए । तर नेता नेपालले आफू बालुवाटार जान अस्वीकार गरे । भेटघाटका लागि उनले पार्टी कार्यालय उपयुक्त थलो हुने सुझाएका थिए । साथै, प्रधानमन्त्री ओलीसँग एक्लै नभेट्ने उनको अडान थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेता नेपालकै चाहना बमोजिम दुबै पक्षका नेताहरु सहभागी भएर अहिले छलफल सुरु भएको हो । प्रधानमन्त्रीका तर्फबाट इश्वर पोखरेल, विष्णु पौडेल, सुभाषचन्द्र नेम्बाङ, प्रदीप ज्ञवालीलगायत सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, रघुजी पन्तलगायत रहेका छन् ।

पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेयता दुबै पक्षबीच औपचारिक रुपमा भेटघाट र छलफल भएको थिएन । ओलीले भोलि चैत ३ गते नेपाल पक्षीय नेताहरु समेतलाई चिया खान बालुवाटार बोलाएका थिए । तर नेता नेपालले ओलीले फागुन २८ गते गरेका एकलौटी निर्णय फिर्ता नलिएसम्म छलफल नगर्ने अडान लिएका थिए ।

उक्त बैठकले नेकपा एमालेका पदाधिकारीहरुको जिम्मेवारी खोसेर ओलीले आफ्ना मान्छेलाई दिएका थिए । त्यसको प्रतिक्रिया स्वरुप नेता नेपाल पक्षले समानान्तर कमिटी गठन गरेको थियो । आजको छलफल मात्र औपचारिक हुने बुझाई नेताहरुको छ ।

ओली पक्षीय एक नेताका अनुसार, नेम्बाङ र पौडेलको आग्रह मानिदिन मात्र ओलीले आज भेट्न लागेका हुन् । तर नेपाल पक्षीय नेताहरुलाई एमालेमा ल्याएर फेरि टाउको दुखाउने पक्षमा ओली छैनन् । त्यसैले आजको वार्ताले कुनै निकास दिन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय