आइतबार , बैसाख ५, २०७८

आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

२ चैत,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्ला सदरमुकामसमेत रहेको कावासोतीको १७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको हो ।

हरेक नगरवासीलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सबै वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा साबिकको पाँच गाविस रहँदाको स्वास्थ्य चौकी पाँचवटामा, शहरी स्वास्थ्य केन्द्र एउटामा र बाँकी ११ वटा वडामा आधारभूत स्वस्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । पाँचवटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्रको आफ्नै भवन भए पनि भाडाको घरमा सञ्चालित ११ वटा आधारभूत स्वास्थ्य केन्द्रका लागि आज एकै दिन भवन शिलान्यास गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नगरप्रमुख चन्द्राकुमारी पुनले गत वर्ष नै कावासोतीका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेट विनियोजन गरिएको भए पनि भवन निर्माण गर्न लालपुर्जा भएको जग्गा नहुँदा बजेट फ्रिज भएको बताइन् । भवन निर्माणका लागि यस वर्षदेखि लालपुर्जा भएको जग्गा अनिवार्य नभएका कारण असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी काम अगाडि बढाइएको नगरप्रमुख पुनले बताइन् । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गर्न प्रतिभवन रु ४५ लाखको दरले बोलपत्र आह्वान गरेको थियो ।

स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि भ्याटबाहेक रु २४ लाखमा बोलपत्र स्वीकृत भएको नगरपालिकाका इन्जिनीयर पवन रुपाखेतीले जानकारी दिए । । उक्त रकममा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको रुपाखेतीले बताए । वडावडा तहमा आधारभूत स्वास्थ्य केन्द्र पुगेपछि खुशी भएका वडावासीहरु आधारभूत स्वास्थ्य केन्द्रका लागि भवन नै निर्माण हुने भएपछि थप उत्साही देखिएका छन् । स्वास्थ्य आमनागरिकको नैसर्गिक अधिकार भएको भन्दै सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न भवन निर्माणलाई प्राथमिकतामा राखिएको नगरउपप्रमुख प्रेमशङ्कर मर्दनियाले बताए । स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै भवन भएपछि स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवासुविधालाई बढाउँदै लैजान सहयोग पुग्ने मर्दनियाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय