सोमबार , बैसाख ६, २०७८

संसद अधिवेशन अन्त्य गर्ने तयारी

संसद अधिवेशन अन्त्य गर्ने तयारी

२ चैत, काठमाडौं । फागुन २३ गते प्रारम्भ भएको प्रतिनिधिसभा बैठक औपचारिकताका लागि मात्रै बसेको छ । सभामा सरकारले कुनै बिजनेस दिएकोछैन । त्यसैले साता लामो अन्तरालमा बस्ने बैठकले कुनै काम पाएको छैन ।

सरकारले बिजनेस पनि नदिने अनि विपक्षी दलले सरकार विरुद्ध अविश्वास प्रस्तावसमेत ल्याउन नसक्ने विचित्रको अवस्था निर्माण भएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा फागुन ११ गते सर्वाेच्च अदालतले पुनस्थापना गरेको थियो । अदालतले फैसलाको १३ दिन भित्र प्रतिनिधिसभा बैठक बोलाउन प्रधानमन्त्री र राष्ट्रपतिका नाममा आदेश समेत जारी गरेको थियो । सोही बमोजिम बैठक त सुरु भयो तर बिजनेस भने पाएको छैन–संसद सचिबालयका एक कर्मचारीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिनिधिसभालाई बिजनेस नदिएर निकम्मा बनाउने ओलीको चहना छ । साथै, अब काम नै नभएको प्रतिनिधिसभा बैठक नै अन्त्य गर्ने तयारी ओलीले थालेका छन् । यसै प्रयोजनका लागि हिजो राति प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको स्रोतले बतायो ।

साँझ ७ बजेदेखि सवा ८ बजेसम्म ओली र भण्डारीबीच लामो कुराकानी भएको थियो । कुराकानीमा संसद अधिवेशन अन्त्य गर्नेबारे मुख्य विषय रहेको बताइएको छ । ओलीले यसमा राष्ट्रपति भण्डारीलाई सहमत गराइसकेका छन् । त्यसैले अब कुनै पनि दिन अधिवेशन अन्त्य भएको सूचना आउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय