मिस इको इन्टरनेशनलका लागि इजिप्ट उडिन् अनुश्मा
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १८:३०:१७
२ चैत, काठमाडौं । ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’की बिजेता अनुश्मा रायमाझी इजिप्ट उडेकी छन् । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा सहभागी हुन उनी आइतबार साँझ इजिप्ट उडेकी हुन् ।
६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी हुन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उनलाई त्यसतर्फ पठाएको हो । उनलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मिडियाका सिइयो प्रविन लाकौल र कोरियोग्राफर अनिला श्रेष्ठ पुगेका थिए ।
२१ वर्षीय रायमाझीले ‘मिस इको इन्टरनेशनल’को ताज नेपाल भित्र्याउने उदेश्य सहित आफु सहभागी हुन लागेको बताइन् । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा रायमाझी नेपाली कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थलको भिडियो सहित त्यस तर्फ उडेकी हुन् । प्रतियोगिताका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार गरेकी हुन् ।
‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई २०१५ इजिप्टदेखि सुरु गरेको प्रतियोगीताको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ । कोरियोग्राफर अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा समेत रहेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार