आइतबार , बैसाख ५, २०७८

सत्ताको साँचोधारी जसपा अलमलमा, आज त्रिपक्षीय छलफल हुँदै

सत्ताको साँचोधारी जसपा अलमलमा, आज त्रिपक्षीय छलफल हुँदै

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रले हिजोको केन्द्रीय कमिटी बैठकबाटै निर्णय ग¥यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि एकताबद्ध रुपमै अब ओलीको विकल्प नखोजे मुलुक ठूलो दुर्घटनामा पर्ने भन्दै सभापति शेरबहादुर देउवालाई अग्रसरता लिन तम्तयार छ । तर सत्ता राजनीतिको साँचो बनेको जनता समाजवादी दल भने अलमलमा परेको छ । त्यसैले ओलीको वहिर्गमन अझै अनिश्चित बनेको छ ।

प्रधानमन्त्री ओलीले पुष ५ गते हठात् गरेको प्रतिनिधिसभा विघटनलाई सर्वाेच्च अदालतले गैह्रसंवैधानिक भनिदियो । राजनीतिक रुपमा ओलीको यो ठूलो हार थियो । तर सत्ता राजनीतिमा चुर्लुम्म डुबेका ओलीले नैतिकतालाई स्मरण गरेनन् । उनी राजीनामा नगर्ने अडानमै देखिए ।यसैबीच सर्वाेच्चले फेरि फागुन २३ मा गरेको अर्काे फैसलाले ओलीको राजनीतिक भविष्यलाई थोरै राहत थिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेकपा खारेज गरी पूर्व एमाले र माओवादी केन्द्र ब्यूँताइ दिंदा ओली बलियो त देखिएका छन्, तर  नेता माधवकुमार नेपालहरुको पुनर्आगमनले भने टाउको दुखेको छ । किनभने नेता नेपाल पक्ष ओलीको वहिर्गमनकै पक्षमा खुलेरै लागिपरेका छन् । यस्तो विषम परिस्थितिमा जसपा भने अनिर्णयको बन्दी बनेको छ

देशलाई ओलीतन्त्रबाट मुक्त गर्ने हो भने जसपा नै अग्रसर हुनुपर्छ । केवल आफ्ना माग पूरा गर्नेलाई मात्रै समर्थन गर्ने भनेर हलो अड्काउने काम गरिरहेको छ । पार्टी भित्र अहिले तीन लाइन देखिएका छन् । एउटा पक्ष ओलीसँग मिलेर जाँदा बढी लाभ हुने ठान्छ । त्यसको नेतृत्व महन्थ ठाकुर गर्दैछन् । अर्काे पक्ष ओली बाहेकको गठबन्धन प्राकृतिक र अग्रगमनकारी हुने धारणा राख्छ ।

यसमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव छन् । अर्काे पक्ष चाहिं अहिले सरकारमा जानै हुँदैन भन्नेमा छ । त्यसको नेतृत्व गर्ने संगठित नेता नभएपनि मन्त्री हुन नपाउने लगभग पक्का भएका केही सांसद छ । यसैको गोलचक्करमा देश फसेको छ । जसपाले एउटा निर्णय नलिएसम्म ओली सरकारको निरन्तरता वा बहिर्गमन दुबै अनिश्चित बनेको छ ।

यद्यपि ओलीलाई सत्ताबाट निकाल्नै पर्ने पक्षमा भने पार्टी भित्र बलियो धारणा रहेको देखिन्छ । यस प्रयोजनका लागि आज जसपाले कांग्रेस र माओवादी केन्द्रसँग त्रिपक्षीय छलफल गर्ने भएको छ । छलफल सकारात्मक भयो भने अबको केही दिनमै ओली सरकार विधिवत रुपमा बिदावारी हुने छ । त्यसका लागि फेरि पनि जसपा नै तयार हुनुपर्ने वाध्यात्मक अवस्था रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय