शुक्रबार , बैसाख ३, २०७८

आगामी सोमबार राष्ट्रपति बंगलादेश जाने

आगामी सोमबार राष्ट्रपति बंगलादेश जाने

२ चैत, काठमाडौं । आगामी सोमबार चैत ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने भएकी छन् ।अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै राष्ट्रपति दुईदिने औपचारिक भ्रमणका लागि  बंगलादेश जाने भएकी हुन् ।

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भण्डारी बंगलादेश जान लागेकी हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बंगलादेशले शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यसअघि सन् २०१८ मा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय