आइतबार , बैसाख ५, २०७८

जङ्गली जनावरले बाली सखाप पार्दा किसान चिन्तित

जङ्गली जनावरले बाली सखाप पार्दा किसान चिन्तित

२ चैत,जलेश्वर । महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबारको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेका छ । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिका सहित पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन् ।

ती स्थानीय तहका विभिन्न क्षेत्रका सयौँ बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन, गहुँ बाली र फलफूल जङ्गलबाट आएका नीलगाई, घोरगद्दर र जङ्गली सुँगुरहरुले सखाप बनाएको मटिहानीका किसान रामबाबु नायकले बताए । दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र रातिको बेला दर्जनौँको सङ्ख्यामा आएर ती जनावरले बाली नाली खाइदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको सम्सीका किसान विपिन विहारी यादवले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ती जनावरलाई धपाउन स्थानीयवासीले समूह बनाएर रातिको बेला जाँदा जनावर मानिसको आहट पाउनेबित्तिकै वनतिर भागेर लुक्ने गरेको छ । पछि पुनः किसान फर्किसकेपछि जनावर आएर खेतबारी चर्ने गरेको मनरासिस्वाका किसान रवीन्द्र भगतले बताए । जङ्गली जनावरको आतङ्कले अहिले जिल्लाका किसान हिउँदे बालीबाट कमाई हुने लाखौँ रुपैयाँ गुमाएको गुनासो गरेका छन् । जनावरले एक्लै पाएको खण्डमा आक्रमणसमेत गर्ने गरेकाले एकाबिहानै बालबालिकालाई पनि घरबाहिर निकाल्न नसक्ने भएको एकडाराका किसान नागेन्द्र मण्डलले उल्लेख गरे ।

जिल्लाका विभिन्न वन, जङ्गल र खोला किनारामा रहेका ठूलठूला घाँसपातमा ती जनावर समूह बनाएर बस्ने गरेका छन् । रातिको मौका छोपी हिउँदे बाली चरीचरन गरी सखाप पार्ने गरेकाले किसानले वर्षभरिलाई पुग्ने खाद्यान्न जोगाउन हम्मेहम्मे परेको छ ।

आफ्नो लाखौँको बालीका क्षति सहन बाध्य भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए । क्षतिका बारेमा स्थानीय तहलाई मौखिक र लिखित जानकारी गराए पनि सहयोग नपाएको किसानको गुनासो छ

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय