बुधबार , बैसाख ८, २०७८

वातावरण संरक्षणमा नेपाली सेना

वातावरण संरक्षणमा नेपाली सेना

२ चैत,काठमाडौं । नेपाली सेनाले पछिल्ला दिनमा वातावरण संरक्षण तथा पर्यापर्यटन विकास र विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ । सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने ध्येयले सेनाले निजगढ र जितपुुरका स्थानीय तहको सहकार्यमा ‘आधाभार–हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री ५५ किमी साइक्लिङ २०७७ ’आयोजना ग¥यो ।

सो कार्यक्रमको समापनका अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय निकुुञ्जलाई पर्यटन गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक कार्यक्रम घोषणा हुन आवश्यक रहेको बताएका छन् । उनले भने, “निकुुञ्ज क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सके स्थानीयवासीको जीवनस्तर उकास्न योगदान पुुग्छ, राज्यको समेत आयस्रोत बढ्छ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जिल्लास्थित नेपाल पर्यटन बोर्ड, होटेल एसोसिएशन अफ नेपाल र साइक्लिनिङ राइडरको समन्वय र सहकार्यमा आयोजना गरिएको ५५ किमी दूरीको उक्त कार्यक्रममा पूूर्वप्रधानसेनापति गौरवशम्शेर जबरा, विश्व साइकलयात्री तथा मुुलुकको पर्यटन क्षेत्रमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । उक्त साइकल दौडमा २२० सहभागी थिए ।

सेना दिवसकै अवसरमा ४ नं बाहिनी अड्डाले बाँके र बर्दियाको पर्यापर्यटन, प्रकृति संरक्षण प्रवद्र्धन, प्रचारप्रसार एवं वतावरण संरक्षणसम्बन्धी जनचेता अभिवृद्धि गर्ने उद्देश्यले २१ किमी दूरीको प्रकृति संरक्षण दौडको आयोजना ग¥यो । उक्त प्रतियोगितामा पुुरुषतर्फ शिवबहादुर रायमाझी प्रथम, भेषराज बास्तोला द्वितीय र ललित शाही तृतीय भए । महिलातर्फको १० किमी दूरीको प्रतियोगितामा रोजिना भण्डारी प्रथम, सीता चौधरी द्वितीय र पूूर्णिमा खड्का तृतीय स्थान प्राप्त गर्न सफल भए ।

सोही उपलक्ष्यमा बाहिनीले २५ किमी दूरीको पहिलो प्रकृतिक संरक्षण साइकिल दौड प्रतियोगिता आयोजना गरेको थियो । साइक्लिङतर्फ सुुरज राना प्रथम, बाबुुराम विश्वकर्मा द्वितीय र जितु चौहान तृतीय भए । महिलातर्फ सुनसरीका इन्द्रकुमारी तामाङ र विदिशा चौधरी तथा नेपालगञ्जकी पार्वती सार्की क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय