केकी अधिकारीको नयाँ ‘लुक्स’, किन खौ’रिन कपाल ?
इन्द्र रिजाल
चैत २, २०७७ सोमबार १९:४३:२५
काठमाडौं- चलचित्र क्षेत्रमा चलेका नायिकामध्येकी एक हुन्-केकी अधिकारी । उनी काममा जति रुचि राख्छिन् उति नै व्यक्तित्वमा पनि ध्यान दिन्छिन् । कला क्षेत्रमा पहिरन र सुन्दरतामा बढी ध्यान दिइने भए पनि केकी पहिरनमा भन्दा सकारात्मक सोचमा सुन्दरता एवं व्यक्तित्व लुकेको दा’बी गर्छिन् ।
मन परेको पहिरन भए फुटपाथमा पनि किन्ने केकी पहिरन महँगो नै हुनुपर्छ भन्ने मान्यता राख्दिनन् । आफूलाई मनपर्ने र लगाउँदा आराम हुने पहिरनलाई प्राथमिकता दिन्छिन् । केकीलाई मनपर्ने पहिरन जिन्स र टप्स हुन् । उनी जाडोमा बुट कहिल्यै छुटाउँदिनन् भने लङ ज्याकेट तथा टोपी पनि लगाउँछिन् ।
अवार्ड कार्यक्रम तथा विवाहमा जाँदा साडी लगाउँछिन् । आफूलाई साडी बढी सुहाउने र अरूले पनि साडीमै राम्रो देखिन्छ भन्ने गरेको उनी बताउँछिन् । राता रंगका पहिरन नै केकीको पहिलो रोजाइमा पर्ने गरेका छन् ।
नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्। इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौ’रिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। कपाल किन खौ’रिएको बारेमा भने उनले केही बताएकी छैनन् । २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बो’क्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्।
फिल्ममा केकी मुख्य भूमिकामा छिन् ।उक्त फिल्मको क्यारेक्टरको लागि कपाल खौ’रिएको हुनसक्ने अनुमान गरिएको छ । हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त छिन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार