चिकित्सकको अभावमा भेन्टिलेटर प्रयोगविहीन
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १९:५२:४२
२ चैत,उदयपुर । जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् । सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोडको सहयोगमा अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर मेशिन एक वर्षअघि नै स्थापना गरिएको तर चिकित्सक व्यवस्थापन नहुँदा अहिलेसम्म प्रयोगविहीन अवस्थामा छन् । प्रयोगमा नरहेपछि मेशिन सञ्चालन नहुँदा बिग्रने अवस्था आएको अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए ।
भेन्टिलेटर मेशिन सञ्चालन गर्नका लागि छुट्टै एनेस्थेसियोलोजिष्ट चिकित्सक व्यवस्थापन गरिदिन आफूहरुले पटक–पटक प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म उचित सुनुवाइ नभएको अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार