बिहिबार , बैसाख २, २०७८

काबुल शहरका दुई फरक स्थानमा आक्रमण : तीन जनाको मृत्यु

काबुल शहरका दुई फरक स्थानमा आक्रमण : तीन जनाको मृत्यु

२ चैत, काबुल । अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ ।

अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनका अनुसार सो विस्फोटमा परी अरु पनि कैयौँ सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । उनले केही घाइतेहरुको अवस्था निकै नाजुक रहेको पनि बताए ।

जसका कारण मृत्यु हुनेको संख्या बढ्न पनि सक्नेछ । यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय