बुधबार , बैसाख ८, २०७८

ब्राजिलमा काेराेनाबाट २ लाख ७८ हजारको मृत्यु

ब्राजिलमा काेराेनाबाट २ लाख ७८ हजारको मृत्यु

२ चैत, एजेन्सी । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण संक्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ ।

यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । यहाँ अहिलेसम्म यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २ लाख ७८ हजार २२९ जनाको ज्यान गएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आइतबार दिइएको समाचारअनुसार यो संक्रमणबाट गएको २४ घन्टायता मात्र ४३ हजार जनाभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । त्यसैगरी गएको २४ घन्टामा मात्र यो संक्रमणबाट एक हजार १२७ जनाको ज्यान गएको छ ।

यसरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय