सोमबार , बैसाख ६, २०७८

आजदेखि जलपक्षी गणना सम्बन्धी तेस्रो राष्ट्रिय गोष्ठी शुरु

आजदेखि जलपक्षी गणना सम्बन्धी तेस्रो राष्ट्रिय गोष्ठी शुरु

२ चैत, काठमाडौं । जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिए । सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उनले बताए।

त्यस्तै पानी चराको अवस्था, चरा आवागमन सहजता र संरक्षणमा गर्नुपर्ने काम, जलपक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा समेत जानकारी दिइनेछ ।

कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद डा. हेमसागर बराल र वेटल्यान्ड इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा. तेज मुण्दकरले नेपाल, दक्षिण एसिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नुपर्ने कामबारे विशेष सम्बोधन गर्नुहुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ ४ हप्ता पहिले
भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ २ हप्ता पहिले
आगामी जेठदेखि उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गरिने आगामी जेठदेखि उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गरिने १ हप्ता पहिले
एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला विरुद्ध पुनरावलोकनको निवेदन दर्ता एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला विरुद्ध पुनरावलोकनको निवेदन दर्ता ३ हप्ता पहिले
आईपीओ भर्नुभयो ? रु रु जलविद्युतको शेयरमा आवेदन दिने आज अन्तिम दिन आईपीओ भर्नुभयो ? रु रु जलविद्युतको शेयरमा आवेदन दिने आज अन्तिम दिन २ हप्ता पहिले
८२ वर्षको उमेरमा साहित्यकार श्रेष्ठको निधन ८२ वर्षको उमेरमा साहित्यकार श्रेष्ठको निधन ३ हप्ता पहिले
परराष्ट्रमन्त्री भन्छन्, बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ ! परराष्ट्रमन्त्री भन्छन्, बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ ! ४ हप्ता पहिले
महामारीबाट बच्नका लागि सचेतीकरणमा स्रष्टा महामारीबाट बच्नका लागि सचेतीकरणमा स्रष्टा २४ घण्टा पहिले