विकासलाई तीव्रता दिदै प्रदेश सरकार
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार २०:५४:५२
२ चैत,बलेवा । गण्डकी प्रदेश सरकारले सबैभन्दा अब्बल बन्ने लक्ष्यका साथ विकासका कामलाई तीव्रता दिएको छ । तीन वर्षदेखि सञ्चालित कार्यक्रमले नमूना प्रदेश बन्ने लक्षण देखिएको योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले दाबि गरे । यसका लागि राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता, प्रदेश गौरवका आयोजनामा थप लगानी तथा वातावरण संरक्षणका अभियान चलाउने उनले बताए ।
बाग्लुङ, पर्वत र म्याग्दीका कानून व्यवसायीसँगको छलफलमा उनले विकासको नमूना बनाएर देशकै नमूना बन्ने योजनामा सफलता मिल्दै गएको समेत दाबी गरे । उनका अनुसार आगामी २०८७ सालसम्ममा गण्डकीले औसत आयु ८० वर्ष पु¥याउने, पाँच वर्षमुनिका बाल मृत्युदर २३ बाट ७ मा झार्ने, साक्षरतादर ९८ प्रतिशत पु¥याउने र बेरोजगारी घटाएर दुई प्रतिशतमा झार्ने अति महत्वकाङ्क्षी लक्ष्य राखिएको छ ।
कूल गरिबी १८ प्रतिशत हुँदा गण्डकीमा १४ प्रतिशत मात्रै छ । विद्युत्को पहुँच शत्प्रतिशत जनतामा पु¥याउने र कृषिको उत्पादकत्व प्रतिहेक्टर पाँच टन पु¥याउने लगायतको लक्ष्य राखिएको छ ।
प्रदेशले आठवटा विकासका मेरुदण्ड बनाएको उनले बताए । तीमध्ये मुग्लिङ – दमौली, पोखरा– कुश्मा, बागलुङ –बुर्तिवाङ, कोरला –जोमसोम, बेनी –पाखेरा, भीमाद –दुम्कीवास हुँदै त्रिवेणी विकास लक्ष्य छ । यसैगरी अर्मादी सेतीवेणी मिर्मी देउघाटतर्फको शालिग्राम सांस्कृतिक विकासका काम पूरा गर्ने अवस्थामा पुगिसकेको छ । बेनीघाट, सिर्दिबास सामागाउँ रुइलाभञ्ज्याङ, पोखरा चक्रपथ र महानगर वरिपरिका स्याटलाइट शहरका रुपमा विकास गर्ने दोस्रो विकास लक्ष्य बनाएको उनले जानकारी दिए ।
सुनौली पोखरा सिद्धार्थ लोकमार्गलाई आर्थिक करिडोरका रुपमा विकास र चारवटा अन्तरराष्ट्रिय विमानस्थल बीचको बृहत्तर आर्थिक क्षेत्र निर्माण गर्ने योजना आयोगको छ । यसका लागि पोखरादेखि निजगढ, काठमाडौं र भैरहवा उडानसमेत शुरुआत भइसकेको छ । प्रदेश सरकार गठन भएपछि १३७ किमी सडक कालोपत्र र २९२ किमी ग्राभेल भएको तथ्याङ्क छ । त्यस्तै चालु वर्षभित्र २३७ किमी कालोपत्र गर्ने, ३४२ किमी ग्राभेल गर्ने योजना आयोगको छ ।
“निर्वाचन क्षेत्र सडकअन्तर्गत चालु वर्ष ३५ वटा सडकको ३३६ किमी कालोपत्र र ३५ किमी स्तरोन्नति हुनेछ”, उनले भने, “प्रादेशिक ९क० वर्गका १२ सडक आयोजनामध्ये ७० किलोमिटर कालोपत्र र २२ किमी ग्राभेल भइरहेको छ ।” गत वर्ष तीन खर्ब आठ अर्ब कूल ग्रार्हस्थ्य उत्पादन रहेको गण्डकीमा अहिले बढेर साढे तीन खर्ब पुगिसकेको उनले बताए ।
गण्डकीमा विद्युत्मा पहुँच भएका ८२ प्रतिशतबाट बढेर ८७ प्रतिशत घर पुगेका छन् । एक हजार १०५ घरमा ७५ प्रतिशत सहुलियतमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरी सोलार बत्ती बालिएको बताइएको छ । ‘एक घर एक खानेपानी’ आयोजनामा पनि प्रदेशले उल्लेख्य सुधार गरेको छ । यसका लागि २४३ आयोजनाबाट ५५ हजार ६० घरमा निजी धारा जडान भइसकेको हो । आधारभूत खानेपानी सेवा पु¥याउने प्रदेश सरकारको लक्ष्य नजीक पुगेको उपाध्यक्ष शर्माको भनाइ छ । चालु वर्ष १२६ आयोजना निर्माणाधीन र ७६ वटा आयोजना मर्मतको काम भइरहेको छ ।
जनता आवासतर्फ एक हजार ३२० घर निर्माण भएर हस्तान्तरण गरिएको छ । एघार बहुउद्देश्यीय सभाहल निर्माणाधीन र तीनवटा निर्माण सम्पन्न भइसकेका छन् । गण्डकी विश्वविद्यालय, प्राविधिक प्रतिष्ठान स्थापना तथा मनाङ, म्याग्दी र मुस्ताङमा पाँचवटा नमूना विद्यालय छात्रावाससमेत बनेको शिक्षाको गौरवका रुपमा लिइएको छ । चालु वर्ष नै तीनवटा आङ्गिक क्याम्पसको विज्ञान प्रयोगशाला र पुस्तकालय पनि बनाइएको छ । उनले बाग्लुङमा आयोजित कानून व्यवसायीका लागि अभिमुखीकरण तालीमका सन्दर्भमा गण्डकी प्रदेशको विकासबारे बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार