शुक्रबार , बैसाख ३, २०७८

तिब्बतसँग जोड्ने सुरुङ मार्गको निर्माण शुरु

तिब्बतसँग जोड्ने सुरुङ मार्गको निर्माण शुरु

२ चैत,भीमेश्वर । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग९१२ किमी० निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताए ।

सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबागरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यसरी सडक यातायात चलेमा चीनसँग जोडिने छोटो मार्ग बन्ने छ । जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजनानुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने सो नाका खुलाउन लागिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोलखाबाट भारत र चीनसँग जोड्ने सो नै उत्तम नाका हुने सूचना तथा सञ्चारमन्त्री गुरुङले बताउँदै आएका थिए । माथिल्लो तामाकोशीको मुखबाट शुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए ।

सो मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्समाथिको भागमा करीब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।सो सुरुङसँगै थप नौ किमी सडक निर्माण भएछि मात्रै चीनसँग नाका जोडिने छ । सो मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडकका रुपमा लिन सकिने मन्त्री गुरुङले बताए ।

चीनको तिब्बतदेखि भारतको भित्तामोठसम्मको सो सडक निकै छोटो दूरीको हुने भएकाले दुवै देशका सामान लैजान र ल्याउनसमेत सहज हुनेछ । भारतको सिमानादेखि लामाबगरसम्म पक्की सडक निर्माण यसअघि नै भएकाले लामाबगरदेखि लप्ची र चीनको नाकासम्म सडक जोड्न बाँकी रहेको स्थानीयवासीले बताएका छन् ।

लप्चीदेखि तिब्बतको फलाकसम्मको १२ किमी सडक निर्माणपछि चीनको सिमानासम्म गाडीमा पुग्न सकिन्छ । यसअघि नै सडक डिभिजन कार्यालय दोलखाले ठेक्का लगाएर तीन किमी ट्र्याक खोलिसकेको छ । राजमार्ग निर्माणपछि भित्तामोठदेखि फलाकसम्म मोटरमा पुग्न सकिने छ । यसबाट भारत र चीनसँग जोडिने उत्तर –दक्षिण राजमार्ग तयार हुनेछ ।

जैसीका अनुसार यस वर्ष तीन सुरुङमार्गको अध्ययन शुरु भइरहेको छ । सो राजमार्ग काठमाडौँ –निजगढ दु्रतमार्गअन्तर्गत पर्छ । अन्य १७ सुरुङमार्ग अध्ययन सकिने अवस्थामा पुगेको बताइएको छ । सुरुङमार्ग निर्माणमा खर्च धेरै लाग्ने भए तापनि दूरीको हिसाबले छोटो हुने भएकाले सङ्घीय सरकारले यस प्रकारका सडक निर्माण गरी समय र आर्थिक भार कम गर्न सके देश विकासमा टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भुकम्पपछि खोटाङका १ सय ६ अपाङ्गमैत्री र महिलामैत्री विद्यालयमा भवन निर्माण भुकम्पपछि खोटाङका १ सय ६ अपाङ्गमैत्री र महिलामैत्री विद्यालयमा भवन निर्माण ६ दिन पहिले
राष्ट्रिय खाद्य बैकले ०७८ बैशाख २ गतेदेखि केन्द्रीय कार्यालयबाट काम थाल्ने राष्ट्रिय खाद्य बैकले ०७८ बैशाख २ गतेदेखि केन्द्रीय कार्यालयबाट काम थाल्ने ४ दिन पहिले
यथार्थ घटनामा बन्यो रामकृष्ण र अस्मिताको मार्मिक गित यथार्थ घटनामा बन्यो रामकृष्ण र अस्मिताको मार्मिक गित ५ दिन पहिले
बरुण हाइड्रोपावरले बोनस शेयर पठायो शेयरधनीहरुको डिम्याट खातामा बरुण हाइड्रोपावरले बोनस शेयर पठायो शेयरधनीहरुको डिम्याट खातामा ७ दिन पहिले
कुलेखानी सडकखण्डमा एक महिना यातायात बन्द हुने कुलेखानी सडकखण्डमा एक महिना यातायात बन्द हुने ६ दिन पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा १३ घण्टा पहिले
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो ३ दिन पहिले
वर्षको अन्तिम दिन, बजारमा सुनको मूल्य कति? वर्षको अन्तिम दिन, बजारमा सुनको मूल्य कति? ३ दिन पहिले
सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ६९ हजार बढिले पाए १० कित्ता सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ६९ हजार बढिले पाए १० कित्ता ७ दिन पहिले
वालिङलाई योग भूमिकोरुपमा विकास गरिनेः नगरप्रमूख खाड वालिङलाई योग भूमिकोरुपमा विकास गरिनेः नगरप्रमूख खाड २ हप्ता पहिले
हाइड्रो कम्पनीले एक करोड पाँच लाख कित्ता आईपीओ निष्कासन गर्दै हाइड्रो कम्पनीले एक करोड पाँच लाख कित्ता आईपीओ निष्कासन गर्दै २ हप्ता पहिले
‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण मार्च ३१ गतेदेखि सुरू, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने ‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण मार्च ३१ गतेदेखि सुरू, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने २ हप्ता पहिले
कावासोतीबाट ८ जना जुवाडे पक्राउ कावासोतीबाट ८ जना जुवाडे पक्राउ ३ हप्ता पहिले
ओलीले बोलाएको संसदीय दलको बैठक आज बस्दै  ओलीले बोलाएको संसदीय दलको बैठक आज बस्दै  ४ हप्ता पहिले
ज्योति विकास बैंकले १ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्दै ज्योति विकास बैंकले १ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्दै २ हप्ता पहिले
काभ्रेमा लालपूर्जा वितरण अन्योल, एक हजार परिवारमा पुनःनिरासा काभ्रेमा लालपूर्जा वितरण अन्योल, एक हजार परिवारमा पुनःनिरासा ६ दिन पहिले