बिहिबार , बैसाख २, २०७८

खानेपानी आपूर्ति भएपछि सर्वसाधारणलाई सहज

खानेपानी आपूर्ति भएपछि सर्वसाधारणलाई सहज

२ चैत,हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो पटक माग अनुसार खानेपानी आपूर्ति भएपछि सर्वसाधारणलाई सजिलो भएको छ । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार पछिल्लो पटक मकवानपुरको भीमफेदी गाउँपालिका–१ सामरी खोला नजिकै समवेल ९ इनार जस्तै पानी सङ्कलन गर्ने प्रविधि० निमार्ण भएपछि खानेपानी आपूर्ति थप सहज भएको हो । बोर्डले सामरी खोलामा कूल रु एक करोड १५ लाखको लगानीमा समवेल निर्माण गरेको हो । उक्त समवेलबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरु गरिएको बोर्डका सूचना अधिकारी सञ्जयकुमार न्यौपानेले जानकारी दिए ।

नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटारको जग्गामा सो समवेल बनाइएको छ । पहिले हेटौँडाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका मात्र खानेपानी वितरण गरिएको भए पनि अहिले भने दैनिक तीन पटक पानी वितरण गर्न शुरु गरिएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानले जानकारी दिए । समवेलबाट हेटौँडा उपमहानगरपालिका– २, ४, ५ र १० नम्बर वडाका करीब ८०० घरधुरीलाई दैनिक तीन पटक पानी वितरण हुँदै आएको बोर्डले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

समवेल निमार्णअगावै दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग छ । अझै पनि बोर्डको विस्तारित कार्य क्षेत्र उपमहानगरपालिका– १ को नकौडी, १६ को आकाशधारा, १७ को दुर्गम क्षेत्र, १५ को चिप्लेटी, १८ को दुर्गम क्षेत्र र १९ को बाँसपानी क्षेत्र अझै पनि पर्याप्त मात्रमा खानेपानी आपूर्ति हुनसकेको छैन् । साविकको नेपाल खानेपानी संस्थान हेटौँडा शाखा २०७७ जेठ ८ गते हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय