आइतबार , बैसाख ५, २०७८

व्यापारीक केन्द्र चितवनमा एनसीसी बैंकको नयाँ शाखा खुल्यो

व्यापारीक केन्द्र चितवनमा एनसीसी बैंकको नयाँ शाखा खुल्यो

२ चैत, काठमाडौं । व्यापारीक केन्द्र चितवनमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले शाखा विस्तार गरेकाे छ । चितवनको भरतपुरमा शाखा विस्तार गरेको बैकले जनाएकाे छ ।

एनसीसी बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित थिए ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दै एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए ।

साथै उनले बैंकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गरे । बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैँकबिचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनिहरु सबैसंग सहकार्य गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले एनसीसी बैँकका कर्मचारीहरुसंग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साटे ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसंग बैँक तथा वित्तिय सेवा बिचको सम्बन्ध तथा उद्यमशिलता प्रबद्र्धनका लागि एनसीसी बैंकको योगदान रहेको चर्चा गरे । यसैगरि वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफु विगत १६–१७ वर्षदेखी बैंकको ग्राहक रहेको र अहिले आफ्नै घर आँगनमा बैँकको शाखा खुलेकोमा खुसि व्यक्त गरे भने बैँकले कृषि क्षेत्र तथा रोजगारी प्रबद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका सिईओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भुमिका रहने भएकाले एनसीसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे । शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु¥याउने अपेक्षा सहित सम्पुर्ण व्यवसायिहरुलाई बैंकमार्फत सेवा लिन अर्यालले अनुरोध गरे ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

शाखा विस्तार संगसंगै गुणस्तरिय वित्तिय सेवा प्रदान गर्न कटिबद्ध रहेको एनसीसी बैंकले विभिन्न खालका आकर्षक र प्रभावशाली वित्तिय योजनाहरु समेत निरन्तर लागु गर्दै आएको छ । आम नागरिकका माझ विश्वासिलो बैँकिङ सेवाको छवी स्थापित गरिसकेको एनसीसी बैंक नेपाल र नेपालीको आर्थिक समृद्धिका लागि वर्षौंदेखी तल्लिन रहँदै आएको छ । आगामी दिनमा अझै कटिबद्ध भएर वित्तिय सेवामा लाग्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामाग्री हस्तान्तरण युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामाग्री हस्तान्तरण ४ हप्ता पहिले
एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु ३ दिन पहिले
साधनास्थलको रुपमा विकास हुँदै हरिहर गुफा सन्यास आश्रम साधनास्थलको रुपमा विकास हुँदै हरिहर गुफा सन्यास आश्रम ४ दिन पहिले
ब्राजिलका कोरोनाबाट एकै दिन चार हजार भन्दा बढीको मृत्यु ब्राजिलका कोरोनाबाट एकै दिन चार हजार भन्दा बढीको मृत्यु २ हप्ता पहिले
विश्वासको मत नपाएसम्म संसदलाई कामविहीन बनाउने रणनीतिमा प्रधानमन्त्री ओली विश्वासको मत नपाएसम्म संसदलाई कामविहीन बनाउने रणनीतिमा प्रधानमन्त्री ओली ४ हप्ता पहिले
एनएलजी इन्स्योरेन्सले ल्यायो क्यू आर स्क्यान गरी प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था एनएलजी इन्स्योरेन्सले ल्यायो क्यू आर स्क्यान गरी प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था ४ हप्ता पहिले
काठमाडौंका रिक्सा चालकलाई एनसीसी बैंकको क्यूआर कोड हस्तान्तरण काठमाडौंका रिक्सा चालकलाई एनसीसी बैंकको क्यूआर कोड हस्तान्तरण २ हप्ता पहिले
सांसद झपट रावल बस्‍ने घरमा मध्यराति ढुँगामुढा प्रहार सांसद झपट रावल बस्‍ने घरमा मध्यराति ढुँगामुढा प्रहार ३ दिन पहिले