बिहिबार , बैसाख २, २०७८

खनाल-नेपाल ओलीको चियापानमा नजाने

खनाल-नेपाल ओलीको चियापानमा नजाने

२ चैत, काठमाडौं ।  नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले आगामी ४ र ५ चैतको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ ।नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हाे ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी ओलीसहितका नेताहरूसँगको वार्तापछि सोमबार नेपाल–खनाल पक्षको बानेश्वरस्थित एक होटेलमा भएको केन्द्रीय सदस्य र सांसदहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय बताइएकाे छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

केन्द्रीय सदस्य र सांसदहरूको भेलामा वरिष्ठ नेता नेपालले पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्ताबारे जानकारी गराएको थिए । वार्तामा २८ फागुनको निर्णय खारेज गर्न आफूहरूले गरेको आग्रह ओलीले अस्वीकार गरेको नेपालले बताएका थिए ।

ओलीसँगको वार्तामा नेपाल पक्षले २८ फागुनको निर्णय खारेज गर्न माग गरेको थियो । तर, ओलीले ठोस जवाफ दिएका थिएनन् । ओलीले राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए । नेपाल पक्षले २८ फागुनको निर्णय खारेज नभए भेला नरोक्ने बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय